तीन अङ्कले घट्यो शेयर बजार

काठमाडौं । निरन्तर ओरालो लाग्दै आएको शेयर बजार साताको पहिलो दिन आज पनि घटेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.७८ विन्दुले घटेर एक हजार १७५.७२ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.५७ विन्दुले घटेर २४८.४२ विन्दुमा कायम भएको छ । कूल १ सय ४६ कम्पनीको ६ लाख नौ हजार २५७ कित्ता शेयर रु २० करोड ५५ लाख ५८ हजार ६ सय ४३ मूल्यमा खरिद बिक्री भएका छन् । 

उत्पादन समूह बाहेक अरु उपसमूहको शेयर आज ओरालो लागेको हो । उत्पादन समूहको शेयर १४.१७ विन्दुले बढेको छ । बैंकिङ १.०३, होटल ०.०४, विकास बैंक ११.५, जलविद्युत् २.०६, वित्त १.६१, निर्जीवन बीमा ४२.४८, अन्य २.७, माइक्रोफाइनान्स १२.६२ र जीवन बीमा १.८८ बिन्दुले घटेको छ । 

स्टककाअनुसार घटेको बजारमा ङादी समूहका शेयर लगानीकर्ताले चार प्रतिशत कमाएका छन् भने बैंक अफ काठमाडौंका शेयर लगानीकर्ताले तीन प्रतिशत कमाएका छन् । 

यस्तै कर्णाली विकास बैंक, आइएमई जनरल इस्योरेन्स, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले गुमाएका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?