लाेकपथ टप फिप्टिन हेडलाइन्स : काठमाडाैंमा हैजा सुर्खेतमा बर्डफ्लु, भारतकाे रेल अ‍ायाे जनकपुर (भिडियासहित)

लोकपथ
130
Shares

१  काठमाडौंमा पछिल्लो तीन दिनमा ५ जनामा हैजा संक्रमण, नमुना परीक्षण गर्दा पिउने पानीमा दिसामा पाइने जिवाणु फेला, हैजा फैलनुको थप कारण पत्ता लगाउन ५ जनाको टोलीले दिए अनुसन्धानमा तिव्रता

२  आगामी संघ र प्रदेशको निर्वाचनपछि एमाले र कांग्रेस माओवादीसँग तालमेल गर्न आउने माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’को दाबी, आगामी निर्वाचनमा सकेसम्म आफ्नै संगठनको बलमा जित्नेगरी लाग्न नेता कार्यकर्तालाई सुझाव

३  यौन हिंसामा परेका महिलाको सामाजिक, आर्थिक र पारिवारिक अवस्था नाजुक हुने भएकाले त्यसको जिम्मा राज्यले लिनुपर्ने सांसदहरूको माग, यौन हिंसा पीडितका लागि कोष खडा गरी क्षतिपूर्ति दिन सुझाव

४  नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बनमा, निगमको महाप्रबन्धकमा वरिष्ठ क्याप्टेन दिपुराज ज्वारचन, अर्को व्यवस्था नभएसम्मका लागि अस्थायी नियुक्ति ।

५  मूल्यवृद्धि विरुद्ध देशभर विभिन्न संगठनहरुको प्रदर्शन, नेकपा एमालेको जनसंगठनहरुले पनि महंगी र कालोबजारीविरुद्ध सडक आन्दोलन गर्ने, २२ वटै जनसंगठनलाई आन्दोलनमा उत्रन निर्देशन

६  करिब ५ सय धार्मिक पर्यटक बोकेको भारतीय रेल आइपुग्यो जनकपुरधाम, रेल नेपाल प्रवेश गरेलगत्तै ठाउँ–ठाउँमा फूलमालाले स्वागत, पर्यटकलाई जानकी मन्दिर, धनुषाधाम र जनकपुरमा दैनिक हुने गंगा आरतीमा सहभागी गराइने

७  सुर्खेतको वीरेन्द्रनगरमा नगरपालिकामा बर्डफ्लु देखियो, बर्डफ्लु देखिएको फर्ममा पंक्षीहरु तत्काल नष्ट गर्न जिल्ला प्रशासन कार्यालयको निर्देशन, बर्डफ्लु पुष्टि भएको कुखुरा फर्म आसपासको क्षेत्रलाई स्यानिटाइज गरिने

८  आजदेखि ५ देखि १२ वर्षमुनिका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउन सुरु, पहिलो चरणमा २७ जिल्लामा खोप अभियान चलाइने, काठमाडौंका एक लाख ९० हजार बालबालिकालाई खोप लगाउने स्वास्थ्य मन्त्रालयको तयारी

९  काठमाडौं महानगरपालिकाले आगामी साउन १ देखि कुहिने र नकुहिने फोहर नछुट्याउनेलाई जरीवाना गर्ने, फोहोरको वर्गीकरण नगरे हरेक पटक ५०० रुपैयाँ जरिवाना गरिने

१०  नगरसभा सकिएको उपलक्ष्यमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले दियो सार्वजनिक बिदा, सार्वजनिक बिदाको बिषयमा सामाजिक सञ्जालमा नगरपालिकाको चर्को आलोचना

११ बिहीबार पनि सेयर बजारमा भारी अंकको गिरावट, नेप्से परिसूचक ४५ दशमलव २५ अंकले घट्यो, आज झन्डै डेढ अर्बको सेयर कारोबार ।

१२  नजरबन्दमा राखिएकी म्यानमारकी नेत्री आङ साङ सुकीलाई एकान्त कारावासमा सारियो, ७६ वर्षीया सुकी यसअघि घरमै नजरबन्दमा थिइन् ।

१३  श्रीलंकाको अर्थतन्त्र टाट पल्टियो, इन्धन समेत आयात गर्न नसक्ने अवस्थामा सरकार, खाद्यान्न र औषधिको चरम अभाव, महँगीका कारण जनजीवन थप कष्टकर बन्दै

१४ नेपाल फिफा वरीयता क्रममा एकै पटक ८ स्थान तल झर्यो, योसँगै नेपाल १७६औँ स्थानमा, विश्व वरीयतामा ब्राजिल शीर्ष र बेल्जियम दोस्रो स्थानमा यथावत रहँदा अर्जेन्टिना भने तेस्रो स्थानमा उक्लियो

१५  मलेसियामा हुने टीवाईटी कप फुटबल प्रतियोगितामा नेपालको न्युरोड टिम (एनआरटी) ले मलेसिया र इन्डोनेसियाको टिमसँग खेल्ने, एनआरटीले ३० जुनमा कारो एफसी र २ जुलाईमा पेनाङ एफसीसँग प्रतिस्पर्धा गर्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?