बलिउड स्टार सनी लियोनीको ‘द लस्ट’ बजारमा

काठमाडौं । पूर्व पोर्नस्टार सनी लियोनीले पहिला बलिउडमा “आइटम नम्बर“ भनिने गीतहरूमा काम गरेकी थिइन् । पछि उनले चलचित्रमा अभिनय पनि गरिन् ।

भर्खरै उनले उत्पादन गरेको अत्तर “द लस्ट“ पनि बजारमा आएको छ ।

उनको जीवनमा आधारित भएर निर्माण गरिएको वेब शृङ्खलामा त्यो नाम प्रयोग भएको भन्दै सिखहरूको शिरोमणि गुरुद्वारा प्रबन्धक समितिले विरोध गरेको थियो ।

सिख धर्ममा ’कौर’ उपनामको विशेष महत्व छ । तर, पोर्न चलचित्रसँग जोडिएकी सनीले त्यो नाम प्रयोग गर्दा विवाद उत्पन्न भयो ।

यसबारे सोध्दा आफ्नो नाम राहदानीमै भएको बताइन् । उनका अनुसार आमा बाबुले नै उनको नाम करनजीत कौर राखिदिएका हुन् ।

तर, उनीहरू दिवङ्गत भइसके र उनको दाबी पुष्टि गर्न सकिने स्थिति छैन ।

उनले भनिन्, “मेरो वास्तविक नाम करनजीत कौर हो र मेरो कामको नाम मात्र सनी लियोनी हो ।’’

पोर्न चलचित्रमा काम गरेकोमा सनी लियोनीलाई लज्जा वा हीनताबोध छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?