११ असार २०७९, शनिवार

सिद्धार्थ बैंकको “१०.७५% एस.बि.एल. डिबेन्चर २०८९” ऋणपत्र निष्कासन

२०७९,असार,९,बिहीवार १९:१२

99
Shares

सिद्धार्थ  बैंक लिमिटेडले २०७९ असार १० गते देखि४ अर्ब रुपैयाँको ४० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ । बैंकले प्रति कित्ता १ हजार रुपैयाँको दरले ४० लाख कित्ता १०.७५% एस.बि.एल. डिबेन्चर २०८९ बिक्री खुला गरेको हो जस्मा लगानीकर्ताले वार्षिक १०.७५% ब्याजदर पाउन सक्नुहुनेछ । यस ऋणपत्रको अवधि १० वर्ष रहने छ ।

आकर्षक र सुनिश्चित प्रतिफल प्रदान गर्ने उत्कृष्ट दीर्घकालीन लगानीको अवसरका साथ सर्वसाधारण र विभिन्न संघसंस्थाका लागि जारी गरिएको उक्त ऋणपत्रमा लगानीकर्ताले बैंकिङ्ग उद्योग मध्येकै उच्चतम ब्याजदर प्राप्त गर्न सकिने छ ।
बैंकले ४० लाख कित्ता ऋणपत्र मध्ये ४० प्रतिशत अर्थात १६ लाख कित्ता सर्वसाधारण लगानीकर्तालाई र ६० प्रतिशत अर्थात २४ लाख कित्ता विभिन्न संघसंस्थालाई बिक्री गर्ने छ । सर्वसाधारणका लागि निष्कासन गरिएको कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ८० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता देखि अधिकतम १ लाख कित्ता सम्म आवेदन दिन सक्नुहुनेछ । लगानीकर्ताहरुले यस ऋणपत्रका लागि नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि(आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन ।

यसको निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ र यस ऋणपत्रलाई आईक्रा नेपाल लिमिटेडले मध्यम मात्रामा सुरक्षा तथा प्रतिकुल प्रभाव सहित सुक्ष्म निगरानी जनाउने रेटिङ्ग प्रदान गरेको छ । ऋणपत्र निष्कासन बन्द हुने मिति छिटोमा २०७९ असार १४ गते र ढिलोमा असार २४ गते रहेको छ ।

प्रकाशित मिति: २०७९,असार,९,बिहीवार १९:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ

जगदम्बा मोटर्सले असार ९ गते पर्पल हेज रक बारमा आयोजति औपचारकि समारोह मार्फत BS-VI मोडलको TVS Apache RTR 160 4V

काठमाडौं । ज्योति विकास बैंकले शुक्रबार मणिग्राम र परासीमा दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकिङ पहुँच थप

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडद्वारा सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यका साथ National Payment Switch

ताजा समाचार

बाढीले मेलम्चीमा रातभर तनाव
 २०७९,असार,११,शनिवार ०७:२१
प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा खड्का
 २०७९,असार,१०,शुक्रवार २१:१६