१८ औँ ‘एशियाड’: भारतलाई सट पुटमा स्वर्ण पदक

जाकार्ता । छिमेकी मुलुक भारतका ताजिदेरपाल सिंहले जारी १८ औँ एशियाली खेलकुद ‘एशियाड’मा स्वर्ण पदक जितेका छन् । 

आइतवार सम्पन्न भएको पुरुषको सट पुट विधामा उनले स्वर्ण पदक जित्नुका साथै नयाँ रेकर्ड समेत बनाएका हुन्। 

उनले २० दशमलब ७५ मिटर थ्रो गर्दै स्वर्ण पदक हात पारेका हुन् । त्यस्तै, १९ दशलमब ५२ मिटर थ्रो गर्दै चीनका याङग लुईले रजत पदक जिते । काजकिस्तानका इभान इभानोभले कास्य पदकमा चित्त बुझाएका छन् ।

उनले कुल १९ दशमलब ४० मिटर थ्रो गर्दै कास्य पदक जितेका हुन् ।

भारत ७ स्वर्ण, ७ रजत र १७ कास्य सहित कुल ३१ पदक जित्दै पदक तालिकाको नबौ स्थानमा छ ।

७२ स्वर्ण, ५७ रजत र ३३ कास्य सहित १ सय ६२ पदक जितेको चीन पहिलो स्थानमा छ । दोस्रो स्थानमा रहेको जापानले ३९ स्वर्ण, ३२ रजत र ४४ कास्य पदक जितेको छ । नेपाल भने अहिलेसम्म पदक बिहिन छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?