विवाहमा छोरी ज्वाईंलाई जीवन बीमाकाे कोसेली

लोकपथ
104
Shares

काठमाडौं । आमाबुबाको लागिआफ्ना सन्तान प्राणभन्दा पनि प्यारो हुन्छ । सन्ततिको सुनौलो र उज्वल भविष्यको चाहाना सदैव आमाबुबाले राखेका हुन्छन् । उनीहरुको पालन-पोषण, शिक्षा-दिक्षा, विवाह, ब्रतवन्ध आदि अविस्मरणीय रहोस् भन्ने इच्छा सबै अभिभावकको हुन्छ ।

छोरा छोरीको विवाह अभिभावकको लागि एक अमुल्य क्षण हुन्छ । यसै क्षणलाई यादगार बनाउन कुश्मा निवासी मेनका रेग्मीले आफुले सानो सानो रुपमा बचत गरी जम्मा भएको रकमबाट आफ्ना छोरी ज्वाईंलाई उपहार स्वरुप जीवन बीमा गरीदिएकी छिन् । जीवनमा आइपर्न सक्ने जोखिम बहन र बचत पनिहोस भन्ने उद्देश्यले वैवाहिक जीवनको सुरुवात गरेका छोरी ज्वाईं, पुजा रेग्मी र सुझाब आचार्यको जीवन सुखमय होस् भन्ने कामनासहित बीमा गरिदिएकी हुन् ।

कम्पनीको कुश्मा शाखाबाट जारी गरीएको उक्त बीमा योजना सूर्या लाइफका एजेन्सी विभाग प्रमुख यज्ञ बहादुर राउतले वैवाहिक समारोहमै गएर हस्तान्तरण गरेका थिए । सूर्या सुरक्षित योजना र सूर्या सुरक्षा कवजसहितका यो योजनाले जीवनमा विपत्तिले निम्त्याउन सक्ने आर्थिक समस्याको भार न्यून गर्ने र जोखिम बहन पनि हुनेहुदाँ सबैलाई जीवन बीमा गर्न मेनका रेग्मीले सुझाव दिएकी थिइन् । माईतिघर छोडेर गएकी छोरीकालागि सदैव आमाको चिनो यो कोसेली स्वरुप आफ्ना छोरी र ज्वाईं दुबैको बीमा गरिदिएको उनले बताइन् ।

बीमाले जोखिम बहन गर्नुका साथै भविष्यको लागी बचत पनि हुने भएकोले दुलही अन्माउँदा बीमा योजना उपहार दिने एक नौलो र उत्कृष्ट अभियान अहिले चलेको देख्दा जीवन बीमाको महत्वप्रति जनमानसमा सचेतना बढेको भन्ने कुरामा विश्वसत रहेको कुरा समाहरोमा उपस्थित आफन्त र जन्तिपक्षले पनि बताएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?