प्रदेश २ का सरकारद्वारा राष्ट्र बैंकमा तालाबन्दी

जनकपुर । प्रदेश २ सरकारले राष्ट्र बैंकको कार्यालयमा तालाबन्दी गरेका छ । 

प्रदेश २ सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर आज आइतबार जनैपूर्णिमा तथा रक्षा बन्धने बिदा दिएको छ । तर, संघीय सरकार मातहतका कार्यालयले बिदा अवज्ञा प्रदेशका आफैं जनकपुरस्थित राष्ट्र बैंकको कार्यालय पुगेर आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले तालाबन्दी गरेका हुन् ।

संविधानले प्रदेश सरकारलाई बिदा दिने अधिकार दिए पनि संघीय सरकार मातहतका कार्यालयहरुले नमानेपछि तालाबन्दी गर्नुपरेको मन्त्री ज्ञानेन्द्र यादवले बताए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?