११ असार २०७९, शनिवार

मूल्यवृद्धिविरुद्ध एमालेले जनसंगठनलाई आन्दोलनमा उतार्ने

२०७९,असार,९,बिहीवार १६:५७

72
Shares

काठमाडौं । विभिन्न वस्तुको मूल्यवृद्धिविरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्ना जनसंगठनलाई सडकमा उतार्ने भएको छ ।

नेकपा एमालेले जनसंगठन समन्व्य संयन्त्रमार्फत सडक आन्दोलना जाने निर्णय गरेको हो ।

एमाले केन्द्रीय कार्यालय च्यासलमा आज बसेको संयन्त्रको बैठकले आकासिएको मूल्यवृद्धि, रासायनिक मलको अभाव र विद्यार्थीले पाठ्यपुस्तक नपाएको बिषय अत्यन्तै संवेदनशील रहेकोले आन्दोलनमा जाने निर्णय लिएको हो ।

मूल्यवृद्धिको कारण जनजीवन प्रभावित भएको अवस्थामा पनि सरकारले अत्यन्तै गैरजिम्मेवार बनेको भन्दै आन्दोलनको विकल्प नरहेको समन्वय संयन्त्रका संयोजक तथा एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले बताए ।

उनले मूल्यबृद्धिबिरुद्ध सडक आन्दोलनमा गइसकेको अनेरास्वबियुलगायतका जनसंगठनले आन्दोलन जारी राख्ने र अन्य जनसंगठन पनि आन्दोलनमा समाहित भएर प्रभावकारी बनाउँदै सरकारलाई झुक्न बाध्य बनाउने जानकारी दिए ।

बैठकको निर्णय अनुसार २२ वटै जनसंगठनलाई मूल्यवृद्धि विरुद्ध सडकमा उतार्न लागेको हो ।

प्रकाशित मिति: २०७९,असार,९,बिहीवार १६:५७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले मूल्यवृद्धि विरुद्ध एक् साता लामो आन्दोलनको घोषणा गरेको छ । शुक्रबार

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नवनियुक्त चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय सम्पर्क बिभागका मन्त्री लिउ जियान्चाओबीच भर्चुअल बैठक भएको छ।

  नेपाली कांग्रेसले पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा उपसभापति पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिएको छ । पार्टी सभापति

बहुपदीय प्रणालीमा सहमति भएसँगै गैरआवासीय नेपाली संघ (एनआरएनए)मा पहिलो कार्यकारी अध्यक्ष भएका हुन् कुल आचार्य ।एनआरएनएको इतिहासमै पहिलोपटक बनेको यो

ताजा समाचार

बाढीले मेलम्चीमा रातभर तनाव
 २०७९,असार,११,शनिवार ०७:२१
प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा खड्का
 २०७९,असार,१०,शुक्रवार २१:१६