भदौ तेस्रो साताबाट पूर्णशंकर टेबल टेनिस

लोकपथ
169
Shares

काठमाडौं । पूर्णशंकर श्रेष्ठ दोस्रो देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता भदौ तेस्रो सातादेखि सुरु हुने भएको छ ।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने पाँच दिने प्रतियोगितामा सात विधामा प्रतिस्पर्धा हुने आयोजकले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । प्रतियोगिता २१ असारबाट सुरु हुनेछ ।

स्पिन इभेन्ट्स प्रालिको आयोजनामा हुने प्रतियोगितामा महिला र पुरुष टिम, पुरुष एकल, महिला एकल, पुरुष भेट्रान्स एकल (४० वर्षमाथि), पुरुष भेट्रान्स एकल (५० वर्षमाथि) र पुरुष भेट्रान्स एकल (६० वर्षमाथि) मा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा शीर्ष १६ टेबल टेनिस खेलाडीबाहेक देशभरका सबै खेलाडीले सहभागिता जनाउन सक्ने अध्यक्ष सुमन शाक्यले जानकारी दिए ।

प्रतियोगिताको कुल पुरस्कार राशि दुई लाख ३० हजार रुपैयाँ छ । जसमा पुरुष र महिला एकलको विजेता, उपविजेता र तेस्रो हुने दुवै खेलाडीले क्रमशः ३० हजार, १५ हजार र सात हजार पाँच सय रुपैयाँ प्राप्त गर्नेछन् ।

भेट्रान्स एकल पुरुषतर्फको विजेता, उपविजेता र तेस्रो हुने दुवै खेलाडीले १० हजार, पाँच हजार र दुई हजार पाँच सय रुपैयाँबाट सम्मानित हुनेछन् ।

यस्तै, प्रतियोगिताको पदक तालिकाअनुसार शीर्ष स्थान हासिल गर्न सक्ने वडालाई ५० हजार रुपैँया र रनिङ्ग प्रदान गरिने शाक्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?