११ असार २०७९, शनिवार

एघार महिनामा ३८ अर्बभन्दा बढीको मोबाइल फोन नेपाल भित्रियो

२०७९,असार,९,बिहीवार १६:१५

135
Shares

काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा विभिन्न देशबाट नेपालमा ३८ अर्बभन्दा बढीको मोबाइल फोन भित्रिएको छ ।

भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको मोबाइल फोन नेपाल भित्रिएको हो ।

सो अवधिमा नेपालले कुल ३८ अर्ब ६ करोड ६९ लाख ८७ हजार रुपैयाँको मोबाइल फोन आयात गरेको विभागले जनाएको छ ।

उक्त मूल्यमा ५५ लाख ८६ हजार ५७८ थान मोबाइल फोन नेपाल भित्रिएको विभागको तथ्यांकले देखाउँछ ।

नेपालमा सबैभन्दा बढी मोबाइल फोन चीन, भारत, भियतनाम, युनाइटेड अरब इमिरेट्स (युएई), अमेरिका र बंगलादेशबाट आउने गरेको छ ।

पछिल्लो ११ महिनामा चीनबाट २२ अर्ब ७७ करोड ९१ लाख ८९ हजार रुपैयाँ, भारतबाट १२ अर्ब ७८ करोड ७५ लाख १७ हजार रुपैयाँ, भियतनामबाट १ अर्ब ६७ करोड १६ लाख २८ हजार र युएईबाट २७ करोड ८१ लाख ६४ हजार रुपैयाँको मोबाइल फोन नेपाल भित्रिएको छ ।

प्रकाशित मिति: २०७९,असार,९,बिहीवार १६:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सुनसरी । धरानको एघारौं नगरसभामा उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघाले आर्थिक वर्ष २०७९/०८०काे बजेट प्रस्तुत गरेका छन् । उपमहानगरले आर्थिक वर्ष २०७९/०८०

धनुषा । जनकपुरधाम उपमहानगरको नगरसभामा उपप्रमुख किशोरी साहले ०७९/८० को बजेट प्रस्तुत गरेकी छन् ।  उपमहानगरले आर्थिक वर्ष ०७९/०८० का

धनगढी । धनगढीले अगामी आर्थिक वर्षका लागि १ अर्ब ८३ करोडको बजेट रुपैयाँको बजेट ल्याएको छ । उपमेयर कन्दकला रानाले

पोखरा । पोखरा महानगरपालिकाले आज नै करिव साढे ८ अर्बको बजेट प्रस्तुत गर्ने भएको छ । महानगरका मेयर र नेकपा

ताजा समाचार

प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा खड्का
 २०७९,असार,१०,शुक्रवार २१:१६