११ असार २०७९, शनिवार

चलचित्र ‘लाखे’को फस्टलुक सार्वजनिक

२०७९,असार,९,बिहीवार १६:०५

99
Shares

काठमाडौं । मल्टिस्टारर फिल्म ‘लाखे’को फस्टलुक सार्वजनिक भएको छ । ३१ भदौमा प्रदर्शन हुने फिल्मको फस्टलुक बिहीबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको हो ।

पोस्टरमा चार मुखौटाधारीका साथमा अर्पण थापाको फोटो श्यामश्वेत रंग प्रस्तुत गरिएको छ । पोस्टरले फिल्म सस्पेन्स–थ्रीलरले भरिपूर्ण छ भन्ने इंगित गर्छ ।

सम्राट बस्नेत निर्देशित फिल्ममा सौगात मल्ल, अर्पण थापा, आर्यन अधिकारी, अनुपविक्रम शाही, वर्षा राउत, सुशील सिटौला, प्रशान्त ताम्राकार, रोहित रुम्बा, सन्जोग राणा, रक्षा बुढाथोकी, कालु राना र बाल कलाकार सिस्टम भण्डारीको अभिनय छ ।

गणेश मल्ल ठकुरी (जिएम)को प्रस्तुती रहेको फिल्मको कथाकार र निर्माता सिजन अर्याल हुन् । हरी मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्ममा सुसन प्रजापतिको छायांकन छ ।

ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर र औरियन प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा, संवाद आकाश बरालले लेखेका हुन् । अर्जुन जिसीको सम्पादन रहेको फिल्मका गीतमा दीपक बज्राचार्यको संगीत छ ।

आरआर फिल्मस्ले वितरण गर्ने फिल्मको टिजर केही समयमै सार्वजनिक गर्ने तयारी निर्माण टिमको छ ।

प्रकाशित मिति: २०७९,असार,९,बिहीवार १६:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र ‘घनचक्कर’ शुक्रवार (आज) बाट प्रदर्शनीमा आएको छ । फिल्म घनचक्कर निर्माण शुरु भएको ४ वर्षपछि शुक्रवारबाट

काठमाडौं । परिच्छेद सेनको डेब्यू निर्देशन रहेको चलचित्र ‘प्रेमगन्ज’को शीर्ष गीत ‘माथि माथि आकाशमा’ सार्वजनिक भएको छ । गीतमा बेनिशा

मुम्बई । बलिउडको बक्स अफिसमा दक्षिण भारतीय फिल्मले शासन गर्दैछ भन्दा फरक नपर्ला । ‘पुष्पा’, ‘केजीएफ २’ र ‘आरआरआर’ पछि

काठमाडौं । फिल्म ‘पुष्पाः द राइज’ अभिनेत्री समान्था रुथ प्रभु भारतकै लोकप्रिय अभिनेत्री बनेकी छन् । उनले कैटरिना कैफ, आलिया

ताजा समाचार

प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा खड्का
 २०७९,असार,१०,शुक्रवार २१:१६