वर्तमान सरकारले उल्लेखनीय कदम चाल्न सकेनन् : नेता सिंह

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले उल्लेखनीय कदम चाल्न नसकेकोले पूर्ण रुपमा असफल भएको दाबी गरेका छन् ।

आइतबार काठमाडौंको शोभाभगवतीमा मंगलादेवी सिंहको २२ औँ स्मृति दिवसको अवसरमा बोल्दै सिंहले दुई तिहाई बहुमतको बलियो सरकारले जनतालाई मारमा पार्नेबाहेक अरु केही गर्न नसकेको आरोप लगाएका छन् । 

सरकारले कञ्चनपुरकी किशोरी निर्मला पन्तको आरोपीलाई जोगाउन खोजेको, महंगी, करको भार  तथा माइतीघर मण्डलालगायतका क्षेत्रमा निषेधित क्षेत्र तोक्ने खाल्का नचाहिने काम गरेर सरकारले जनताको विश्वास गुमाएको नेता सिंहले बताए । 

त्यस्तै सो अवसरमा उनले स्वर्गीय मंगलादेवी सिंहले नेपालको लोकतान्त्रिक आन्दोलन र महिला अधिकारको आन्दोलनमा निर्वाह गरेको नेतृत्वदायी भूमिकाको स्मरण समेत गरे ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?