१ कार्तिक २०७८, सोमवार

७ सय ५० घार मौरी पालेका धर्मराज श्रेष्ठसँग मौरी गफ : भन्छन्, ‘झण्झट छ तर फाइदा छ’

२०७५,भाद्र,१०,आईतवार ०८:०२


काठमाडौं । विश्वमा खाद्य उत्पादन र खाद्य सुरक्षाको जिम्मा मौरीले लिएको मानिन्छ । किसानहरूका लागि मित्र किराको नामले चिनिने मौरीले विश्वका सात अर्ब मानिसले दैनिक उपभोग गर्ने तेल, दाल, चामल, फलफूल, मसला लगायतका वस्तुहरूलाई परागसेचन गरेर उत्पादन वृद्धि गराउने र फूलको रसबाट मह बनाउने काम एकैसाथ गरिरहेको हुन्छ ।

पछिल्लो समय विभिन्न कारणले विश्वमै मौरी घट्दै गएको तथ्याङ्कहरु सार्वजनिक भइरहेका छन् । विकसित तथा विकासोन्मुख मुलुकका सरकारले माहुरीविनाको मानव समाजको कल्पनाबाट सचेत भएर माहुरी नीतिमा लगानी बढाएका छन् । नेपाल भने निजी र सहकारी क्षेत्रको माहुरीपालनमा मात्र सन्तुष्ट भएर बसेको छ । सरकारी तवरबाट खासै त्यस्ता प्रकृतिका योजनाहरुको पहलकदमी लिइएको छैन । 

मौरी तथा मह व्यवसायी संघका पूर्वअध्यक्ष समेत रहेका धर्मराज श्रेष्ठ मौरी पालनमा सक्रिय छन् । नेपालमै व्यवसाय गरेर लाखौँ रुपैयाँ कमाइ गर्ने एउटा उदाहरण बनेका छन् उनी ।

नेपालमा व्यवसायिक रुपमा ५ सयको हाराहारीमा मौरी पालक कृषक छन् । हालसम्म सबैभन्दा धेरै मौरी पाल्ने मौरी तथा मह व्यवसायी संघका पूर्वअध्यक्ष धर्मराज श्रेष्ठ, जसले चितवन र काठमाडौंमा गरी ७ सय ५० घार मौरी राखेका छन् । करीब तीन करोडको लगानीमा उनले ललितपुरको धापाखेलमा माउटेण्ड बि कन्सर्न स्थापित गराइ सकेका छन् । मासिक ३ लाख २५ हजार रुपैयाँ सम्पूर्ण तलब र व्यवस्थापनमा खर्च हुने भए पनि वार्षिक ५० लाख रुपैयाँ फाइदा हुने गरेको उनी बताउँछन् । नेपालमा असल मौरी नीति नै नभएकोले राम्रो आम्दानी र फाइदा दुवै हुन नसकेकोे उनको भनाइ छ ।

‘मौरी अत्यन्तै अनुशासित, परिश्रमी र नीति पालना गर्ने कीरा हो । यस्तो नीतिवान कीराबारे नेपालमा अहिलेसम्म नीति बनेको छैन ।’ उनी भन्छन् । 

आफ्नो बुबाको पेशालाई निरन्तरता दिएका श्रेष्ठ नेपालमा मौरी पालनको सम्भावना राम्रो भएको दावी गर्छन् । अहिले उनले काठमाडौंमा ३ सय ५० घार र चितवनमा ४ सय घारमा मौरी पाल्दै आएका छन् । 

चितवनबाट व्यवसाय शुरु गरेका श्रेष्ठ २४ वर्ष देखि मौरीपालन व्यवसायमा आवद्ध छन् । धापाखेलमा यसैको शाखा खोलेका छन् । उनले व्यवसाय शुरु गरेको दस वर्ष भइसकेको छ । चितवनमा नेपाल बी कन्सर्न र धापाखेलमा माउण्टेन बि कन्सर्न रहेको छ । कर्मठ मौरीपालन गर्ने व्यवसायी श्रेष्ठले मह व्यवसाय संघका अध्यक्षको हैसियतमा दुई कार्यकाल बिताए । 

‘शुरुमा बुबाले गर्नु भएको थियो, २०५१ सालमा सरकारले दिएको एक घारबाट बुबाले मौरीपालन व्यवसाय शुरु गरेको बताउँदै उनले मौरी विकास शाखाबाट तालिम लिएर आफूले यस व्यवसायलाई निरन्तरता दिएको सुनाए ।

अहिले उनले ३ सय ५० वटा घारमा ‘मेलिफेरा’ नामक युरोपियन जातको मौरी पाल्दै आएका छन् । एउटा घारमा तीस हजार सम्म मौरी राख्ने मिल्ने श्रेष्ठ बताउँछन् । मौरी व्यवसायबाट राज्यलाई र व्यक्तिगत रुपमा फाइदा हुने उनको भनाइ छ ।

एउटा घारबाट एक पटकमा ६० किलो सम्म मह निकाल्न सकिन्छ । यसको हिसाब गर्दा वर्षमा एउटा घारबाट मात्रै १८ हजार मेट्रिक टन मह उत्पादन हुन्छ । थोक बिक्री गर्दा एक किलो महको दर तीन सय रुपैयाँ हुन्छ भने त्यसलाई पसलमा लगेर बिक्री गर्दा बजार भाउ ६ सय ६० हुन आउँछ । 

मौरी र रानी मौरी उनी आफैं उत्पादन गर्छन् । उनले मौरीको घार बनाउने र बेच्ने व्यवसाय पनि सँगै निरन्तरता दिएका छन् । भन्छन्, ‘एउटा घारको पाँच हजार सम्म लिने गरेको छु ।’ माहुरीसहितको घारको मूल्य भने उनले दश हजार तोकेका छन् ।

चैत वैशाख, जेठ , असार र साउनमा महको उत्पादन खासै हुने गरेको छैन् । यी चार महिनालाई अफ सिजन भनिन्छ । यी महिनामा चाहिँ चिनीपानीखुवाउने गरिएको छ । भदौ असोज तिर महको उत्पादन राम्रो हुने गरेको छ । हिउँदमा चाहिँ मौरीलाई चराउन तराई लगिन्छ । गर्मी महिनामा पहाडमा र हिउँदमा तराई माहुरीको लागि उपयुक्त हुने गरेको छ । 

मौरी पालन मौसमी व्यवसाय भएकाले आवश्यक सामानहरु समयमै उपलब्ध नहुनाले मौरीको व्यवसायिक रुपमा कठिन हुने गरेको छ । 

मह उत्पादन तथा बजारीकरणमा समस्या भएको श्रेठको भनाइ छ । 

मौरीको आयु

मौरीको आयु मौरीको प्रजातिले फरक पर्छ । साधारण र भाले मौरीको तुलनामा रानीमौरीको आयु बढी हुने गरेको छ । रानीमौरीको आयु पाँचवर्ष हुन्छ । रानी मौरी ३ दिन सम्म अण्डा अवस्थामै रहन्छ ५ दिनमा लार्भा बन्छ, ८ दिनमा प्युपा, १६ दिनमा वयस्क भएर १६ देखि १८ दिनभित्र पूर्ण रुपमा रानी मौरी बन्छ । मेलिफेरा जातको मौरीको आयु जम्मा छ हप्ता हुन्छ भने भाले मौरीको ६५ दिन ।

मौरीलाई कामको भारी जति भयो त्यसको आयु घट्ने एक अध्ययनले बताएको छ ।

मौरीलाई लाग्ने रोग

मानिस बाँच्ने ठाउँमा मौरी सजिलै बाँच्न सक्छ । नेपलको सन्र्दभमा मौरीकोे ठूलो रोगको प्रकोप आइसकेको छैन । तर मौरीमा सुल्सुली माइट रोग लाग्ने गरेको पाइएको छ । तालिम लिएर माहुरी पालन व्यवसाय शुरु गरेकाले मौरीको रोगको उपचार उनले उपचार गन गरेका छन् । आफैले उपचार गर्न नसकेको अवस्थामा भने सरकारी संरक्षणबाट श्रेष्ठले सल्लाह लिने गरेका छन् ।  

मौरी व्यवसायमा हुने समस्या

मौरी पालन झन्झटिलो व्यवसाय हो । मौसम परिवर्तन भए सँगै मौरीलाई एक ठाउँबाट अर्को ठाउँ लग्नुपर्ने भएकाले प्राय मनिसले मौरी पालनलाई व्यवसायिक हिसाबले अगाडि बढाउन सकेका छैनन् । 

चैत बैशाखमा फूल नफूल्ने भएकाले मह निकाल्न गाह्रो हुने गरेको उनी बताउँछन् । हिउँदमा तराइमा माइग्रेट गर्नु पर्न भएकाले समस्या आउने गरेको छ । घार सहित गाडीमा लग्दा त्यस भित्रको ताप्क्रम बढि हुने भएकाले मौरी मर्ने सम्भावना रहेको हुन्छ । मौरीको लागि २० देखि २२ डिग्री सेल्सियस उचित रहन्छ तर गाडीमा भित्रको ताप्क्रम बढी हुने भएकाले मौरी मर्ने गरेको छ ।   

माइग्रेट गरेर अन्य ठाउँमा लैजाँदा त्यहाँका स्थानीयहर‍ आक्रोशित हुने गरेको उनको भनाइ छ । 

‘हिउँदमा अरुको जग्गामा लगेर राख्नुपर्छ , त्यहाँका मानिसहरुले हाम्रो भाग खोस्न आएको जस्तै सोच्नुहुन्छ त्यसले अलि बढी चित्त दुख्छ’  श्रेष्ठले भने । तपार्इंहरु हाम्रो ठाउँमा नआउनु भन्ने कुराहरु त हाम्रो लागि सामान्य भइसक्यो, कतिपय ठाउँमा विष राखेर मौरीलाई मारिदिन्छन् । उनले थपे ।

मौरीलाई मलसाप्रो र अरिङ्गाल बाट जोगाउनु पर्छ । 

नेपाली बजारमा नेपाली मह

नेपालमा उत्पादित मह विदेशी महको तुलनामा महङ्गो हुने गरेको छ । स्वदेशी महको एक केजीको ६ सय ३० रुपैयाँ पर्छ । विदेशको मह सस्तो हुने भएकाले नेपाली बजारमा नेपाली महको व्यापार नहुनु प्रमुख कारण रहेको श्रेष्ठको भनाइ छ ।

स्वदेशी मह विषादीरहित अर्गानिक भएपनि बजार व्यवस्थापन र विज्ञापन नभएकाले बिक्री राम्रो नभएको उनको भनाइ छ । मौरी पालन र मह बिक्रीको प्रचार हुन सकेको छैन । कृषिमा कर छुट भएतापनि महको बजार व्यवस्थापनमा कर लगाइने गरेको छ । 

नेपाली मह व्यपारीले मल्टि नेसन्ल कम्पनीसँग प्रतिस्पर्धा गर्न सक्ने पहुँच छैन । नेपालमा मात्र नभएर विदेशमा पनि नेपाली महको बजार राम्रो हुन सक्छ । तर श्रोत, साधन र पहुँच नभएकाले विदेशमा निर्यात गर्ने अवस्था रहेको छैन । इयु ले मान्यता नदिने भएकाले पनि नेपालको मह विदेशी बजारमा फस्टाउन सकेको छैन । 

पहिला र अहिले मह व्यवसायमा फरक

२०५० सालमा उनले शुरु गर्दा मह औषधीको रुपमा मात्रै यसको प्रयोग हुने गरेको थियो तर अहिले मानिसले दैनिक रुपमा यसको प्रयोग गरेको पाइन्छ । उपभोक्तको हिसाबले अहिलेको समयमा महको व्यापार बढ्दै गएको छ । सुरुवातमा एउटा पसलमा नि मह नभएको संघर्षको दिन सम्झदै अहिले नेपाली मह बजारमा देख्दा उनी दङ्ग छन् । पाँच हजार किलो मह दैनिक रुपमा बिक्री हुने गरेको छ । थोरै मात्रामा महको उत्पादन हुने भएकाले नेपाली बजारको हरेक पसलमा मह देखिँदैन । 

राष्ट्रिय मह मेला धर्मराज श्रेष्ठ मौरी तथा मह व्यवसायी संघका अध्यक्ष हुँदा शुरु गरिएको हो । मह मेलाले स्वदेश तथा विदेशमा नेपाली महको पहिचान बढाएको दाबी गरेका छन् । 

महको फाइदा र बेफाइदा

मह खायो भने गर्मी हुन्छ भन्ने मानसिकता गलत रहेको श्रेष्ठको भनाइ छ । मह आफैंमा एउटा शक्ति हो । यसलाई जुन चिज सँग मिलाइयो त्यसको शक्तिलाई यसले दुई गुणा बढी बढाइदिन्छ  । विषसँग मह मिसाउँदा झन् विषको शक्ति बढ्छ । 

महको मात्रा शरीरमा बढी भएमा मानिस आत्तिने, निसासिने, छाती पोल्ने जस्तो हुन्छ । एक लाख मानिसमा एक जनालाई मौरी र महको ऐलर्जी हुने गरेको पाइएको छ । 

मह व्यवसायमा सरकारको भूमिका

माहुरीलाई सरकारी निकायहरुले एउटा किराको रुपमा लिने गरिएको श्रेष्ठको गुनासो छ । सरकार तथा सरकारी निकायहरुले मह व्यवसाय र मह व्यवसायीलाई खासै जोड दिने गरेका छैनन् ।सरकारी तह बाट केही पनि पहल भएको छैन । व्यवसायी हिसाबले राम्रो श्रोत र साधन भएको भएपनि सरकारले बेवास्ता गरे पछि व्यवसायिक रुपमा अगाडि बढ्न सकेको छैन । 

श्रोतको हिसाबले हामी सम्पन्न छौं । अब सरकारको तर्फबाट पहल हुनु पर्ने उनको भनाइ छ । किसानले स–सानो लगानीमा थोरै–थोरै मह उत्पादन गरे पनि स्तरीय संकलकले ठूलो लगानी गर्नुपर्छ । त्यसकारण, आधुनिक प्रविधि सहितको मह संकलनमा व्यक्तिगत वा संस्थागत लगानीबाट नेपाली  मह उत्पादक कृषकलाई अन्तराष्ट्रिय बजारसँग जोडेर मुलुकमा समृद्धि भित्र्याउने राष्ट्रिय नीति आवश्यक छ । उनले थपे ।

मह व्यवसायलाई उद्योगमा व्यवसायीकरण गर्नु पर्नेमा जोड दिएका छन् । जिविउत्पादनमा मात्र लागेको सरकारले २ ३ वटा घार भन्दा बढी घारमा मौरी पाल्ने व्यवसायीहरुलाई प्रोत्साहन दिनुपर्ने उनले बताए ।  राज्यले संरक्षणमा जोड दिएपनि नयाँ प्रविधि भित्र्याउन पहल नगरेकोमा उनले अक्रोश व्यक्त गरे । 

सरकारलाई हामीले मौरीको महत्त्व बुझाउन नसकेको हो कि, सरकारले महत्तव बुझ्न नखोजेको हो, त्यसमा हामी आफै अन्यौलमा छौ । श्रेष्ठले भने । 

धर्मराज श्रेष्ठको सुझाव

नेपालमा लगानी नडुब्ने क्षेत्र मौरीपालन व्यवसाय हो । तर, नीतिगत अस्पष्टताका कारण ठूलो लगानी हुन सकेको छैन । यसमा लागेका किसान पनि नीतिगत अस्पष्टता र अन्य समस्यामा परेका छन् । महको सम्भावित आम्दानी र रोजगारीको अवसरबारे धेरै नसोचेका सरकार, दातृ निकाय र राष्ट्रिय–अन्तर्राष्ट्रिय, गैर–सरकारी संस्थाहरू नेपालमा मौरीको व्यावसायिक विकासको सट्टा कृषकलाई थप असक्षम बनाउने खालका कार्यक्रममा अल्मलिएका देखिन्छन् ।

नेपालमा हिमाल देखि तराई सम्म मौरी पालन गर्न सकिन्छ । मौरीपालन व्यवसाय शुरु गर्नु भन्दा मौरीको विषयमा थोरै मात्र भएपनि ज्ञान हुनु जरुरी छ । मौरीमा लाग्ने रोगको जानकारी र केही दिनको तालिमले व्यवसायमा फाइदा हुन जान्छ । 

प्रकाशित मिति: २०७५,भाद्र,१०,आईतवार ०८:०२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सरकारलाई

काठमाडौं । पछिल्लो समय ह्वाट्सएपमार्फत ठगी गर्ने गिरोह सक्रिय देखिएको छ । केही समययता विभिन्न व्यक्तिहरूलाई ह्वाट्सएपमार्फत फोन गर्दै तपाईँलाई यति

काठमाडौं ।  पछिल्लो समय रेमिट्यान्स (विप्रेषण)मा आएको गिरावटसँगै नेपाल राष्ट्र बैंकले विषेश चासो राखेको छ । पछिल्लो समय रेमिट्यान्स आप्रवाहको

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ नोट संरक्षणका लागि विभिन्न पहलहरू गर्दै आएको छ । राष्ट्र बैंकले नोट संरक्ष्णका लागि

ताजा समाचार

बढ्न थाले महिलामाथि हिंसाका घटना
 २०७८,कार्तिक,१,सोमवार १०:२६
पर्यटकको पर्खाइमा धन्दुर सिद्धगुफा
 २०७८,कार्तिक,१,सोमवार ०९:४३
बार्सिलोनासँग भ्यालेन्सिया पराजित
 २०७८,कार्तिक,१,सोमवार ०९:०८