काठमाडौंको बाजुरामा चौध वर्षीय बालिका बलात्कृत !

काठमाडौं । राजधानीको तारर्केश्वर नगरपालिका वडा नम्वर ११ मनमैजु शेषमति पुल नजिकै रहेको एक खाजाघरमा कार्यरत १४ वर्षीय बालिकामाथि जवरजस्ती करणी भएको छ । 

ती बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बाजुरा जिल्ला बुढिनन्द नगरपालिकाका १० घरभइ हाल सोही ठाँउमा बस्दै आएका १८ वर्षीय साजन बोहरालाई प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय प्रहरी बृत्त बालाजुका अनुसार, शुक्रवार साँझ खाजाँ खान त्यस रेष्टुरेण्टमा पुगेका बोहाराले बालिकालाई रेष्टुरेण्ट भित्र कोही नभएको मौका छोपि जवरजस्ती करणी गरेका हुन् । 

कञ्चनपुरको महेन्द्रनगरमा १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटना सेलाउन नपाउदै प्रहरीको कार्यालय अगाडि नै भएको उक्त घटनामा संलग्न ब्यक्तिलाई कडा कारवाहीको माग गरिएको छ । 

शेषमति प्रहरी विट बालिका करणी भएको खाजाघर नजिकै रहेको छ । प्रहरीले साँझ एक्कासी यस्तो घटना भएको बताएको छ । घटनाको उजुरी प्रहरी कहाँ पुगेपछि प्रहरीले बोहरालाई पक्राउ गरी हिरासतमा लिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?