प्रधानमन्त्रीले आलटाल गर्दा पनि तत्कालै मन्त्री फेरिने आशामा एकीकृत समाजवादी

लोकपथ
126
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले केही समयपछि मात्रै मन्त्रीहरु परिवर्तन गर्ने स्पष्ट पारे पनि सत्तारुढ दल एकीकृत समाजवादी भने तत्काल मन्त्रीहरु फेरिने दाबी गरिरहेको छ ।

प्रधानमन्त्री देउवाले संघीय संसदको दुवै सदनमा जारी बजेट अधिवेशन नसकि मन्त्री नफेर्ने बताए पनि एकीकृत समाजवादी भने तत्काल मन्त्रीहरु फेरिने दाउमा रहेको छ ।

आज बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले तत्काल मन्त्री फेर्ने दिशातिर लागेको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख एवं प्रवक्ता जगन्नाथ खतिवडाले बताए । उनले अब दिनहरुमा नभइ घण्टामै मन्त्रीहरु हेरफेर गर्ने दिशमा आफूहरु लागेको बताए ।

‘अब दिनहरूमा होइन, घण्टाहरूमा मन्त्री हेरफेर गर्ने दिशातिर लागिरहेका छौँ ।’ खतिवडाले भने ।

साथै उनले पहिले पार्टीले गरेको निर्णयको आधारमा नै मन्त्रीहरु हेरफेर गर्न लागिएको बताए ।

एकीकृत समाजवादीले हाल सरकारमा रहेका ५ मन्त्रीहरुलाई हटाउँदै अन्यलाई सरकारमा सामेल गराउने निर्णय प्रधानमन्त्रीकोमा पठाएको थियो । तर प्रधानमन्त्रीले भने बजेट अधिवेशन नसकीकन मन्त्रीहरु नफेर्ने भन्दै रोकेका छन् । तर एकीकृत समाजवादीले भने तत्काल मन्त्रीहरु परिवर्तन गर्ने भन्दै सरकारलाई दबाब दिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?