राजकुमार र श्रद्धाको फिल्मको नाम किन ‘स्त्री’ रह्यो?

मुम्बई – राजकुमार राव र श्रद्धा कपूर स्टारर फिल्म ‘स्त्री’ रिलिजअघि चर्चामा हुनुको कारण राजकुमार र श्रद्धाको अभिनय नै हो । ट्रेलर रिलिजपछि यो फिल्मको राम्रो चर्चा छ । यसको कहानी पनि अलि भिन्दै छ ।

अझ रमाइलो कुरा, फिल्मको नाम ‘स्त्री’ हो । अझ फिल्ममा एउटा संवाद छ, स्त्री हिजो आउनु, मर्दलाई घाउ हुनु ।

यही संवादले गर्दा फिल्मको चर्चा भइरहेको छ । हालै फिल्मको नामलाई लिएर एक खुलासा गरिएको छ ।

यतिबेला राजकुमार राव र श्रद्धा कपूर फिल्मको प्रमोसनलाई लिएर व्यस्त छन् । एक अन्तर्वार्तामा उनीहरुलाई सोधियो, फिल्मको नाम किन ‘स्त्री’ नै राखियो?

‘जब राज र डिके स्क्रिप्ट लिएर मसँग आएका थिए, उनीहरुले मलाई स्किृप्ट सुनाए, त्यतिबेला फिल्मको नाम अरु केहीजस्तो लागेको थियो’, राजकुमारले बताए, ‘तर, पछि हाम्रो कुरा भयो, त्यो बेलामा मैले फिल्मको नाम स्त्री हुनसक्छ भनेर प्रतिक्रिया दिएँ, यस्तो पनि भन्न सकिन्छ कि, यो नाम मैले दिएको हो ।’

यो नामले धेरै दर्शकलाई ध्यान तान्ने उनको विश्वास थियो ।

दर्शकले पनि फिल्मका बारेमा धेरै कुरा सुन्न चाहन्छन् । केही नयाँ कुरा हेर्न चाहन्छन् । स्त्री एक हरर कमेडी जानराको फिल्म हो । जो भारतमा पनि त्यति बनेको पाइँदैन ।

नेपालमा हरर कमेडी जानरामा ‘सुनकेसरी’ निर्माण भएको थियो ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?