‘सीपिएल’मा सेन्ट प्याट्रियट्स विजयी, अन्तिम खेलमा सन्दिपले विकेट लिन सकेन

काठमाडौं । क्यारेवियन प्रिमियर लिग ‘सीपीएल’ अन्तर्गत नेपाली युवा बलर सन्दिप लामिछाने आवद्ध टोली सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्स विजयी भएको छ । 

सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले लिगमा लगातार तेस्रो जीत हात पारेको हो । शनिवारराति सम्पन्न भएको खेलमा भने सन्दिपले विकेट लिन असफल भए ।

शनिवाररातिको खेलमा उनको टोली सेन्ट प्याट्रियट्सले बार्बाडोज ट्रिडेन्टलाई ६ विकेटले पराजित गर्न सफल भएको हो । जारी ‘सीपीएल’मा यो सन्दिपको अन्तिम खेल हो । सोमबार उनी एशिया कप छनोट प्रतियोगिताका लागि मलेसिया प्रस्थान गर्नेछन् ।

बार्बाडोजले दिएको १ सय ४८ रनको लक्ष्य सेन्ट किट्सले १८ दशमलब ५ ओभरमा मात्र ४ विकेट गुमाउँदै निर्धारित लक्ष्य पूरा गर्‍यो । 

सेन्ट किट्सका लागि ब्राण्डन किङ्सले ६० रनको अर्धशतकीय पारी खेले ।  डेभोन थोमसले ३२ तथा बेन कटिङले अविजित २९ रनको योगदान दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?