११ असार २०७९, शनिवार

र्‍याप ब्याटल शो ‘ब्याटल भूमि’ आउँदै, डिजिटल अडिसन खुला

२०७९,असार,९,बिहीवार १३:१६

54
Shares

काठमाडौं । र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ ले पाएको लोकप्रियतापछि निर्माण समूहले नयाँ र्‍याप ब्याटल शो ‘ब्याटल भूमि’ ल्याउने घोषणा गरेको छ ।

बुधवार एक कार्यक्रम आयोजना गर्दै निर्माण समूहले बुधवार बेलुकादेखि डिजिटल अडिसन खुला गरिएको जानकारी गराएको हो ।

डिजिटल अडिसन २ जुलाईसम्म हुनेछ । आयोजकका अनुसार डिजिटल अडिसनका लागि सहभागीले म्युजिक बिटमा १ मिनेट भन्दा माथिको भिडियो पठाउनु पर्ने उल्लेख गरेको छ । निकेश खड्काले निर्देशन गर्ने कार्यक्रममा सुदीप पोखरेल र रोशनकुमार श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् ।

शोमा मानस घले र कवि जी निर्णायकको रूपमा रहनेछन् भने अर्का एक निर्णायक पनि छिटै नै घोषणा गर्ने निर्माण समूहले बताएको छ । कार्यक्रमको सहनिर्मातामा मनोज सापकोटा छन् भने कार्यक्रम सञ्चालन कोइन्च जीले गर्नेछन् ।

शो आगामी साउनबाट ओेएसआर डिजिटल र डी म्युजिक टेलिभिजनबाट प्रशारण हुनेछ । कार्यकारी निर्माता पोखरेलले कार्यक्रम एउटा डिजिटल प्लेटफर्ममा राम्रो छाप छोड्न सफल भएको र राम्रो उत्पादन गर्न पनि सफल भएको बताए ।

शोको विजेताले पाँच लाख रुपैयाँसँगै विश्व भ्रमणको अवसर प्राप्त गर्ने निर्माण समूहले बताएको छ ।

प्रकाशित मिति: २०७९,असार,९,बिहीवार १३:१६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र ‘घनचक्कर’ शुक्रवार (आज) बाट प्रदर्शनीमा आएको छ । फिल्म घनचक्कर निर्माण शुरु भएको ४ वर्षपछि शुक्रवारबाट

काठमाडौं । परिच्छेद सेनको डेब्यू निर्देशन रहेको चलचित्र ‘प्रेमगन्ज’को शीर्ष गीत ‘माथि माथि आकाशमा’ सार्वजनिक भएको छ । गीतमा बेनिशा

मुम्बई । बलिउडको बक्स अफिसमा दक्षिण भारतीय फिल्मले शासन गर्दैछ भन्दा फरक नपर्ला । ‘पुष्पा’, ‘केजीएफ २’ र ‘आरआरआर’ पछि

काठमाडौं । फिल्म ‘पुष्पाः द राइज’ अभिनेत्री समान्था रुथ प्रभु भारतकै लोकप्रिय अभिनेत्री बनेकी छन् । उनले कैटरिना कैफ, आलिया

ताजा समाचार

प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा खड्का
 २०७९,असार,१०,शुक्रवार २१:१६