११ असार २०७९, शनिवार

सर्वोत्कृष्ट सर्ट फिल्मको अवार्ड‘थर्ड आई’ लाई

२०७९,असार,९,बिहीवार १३:१७

81
Shares

काठमाडौं । दुई दर्जन नेपाली सर्ट फिल्म बीचको प्रतिस्पर्धामा ‘सर्वोत्कृष्ट सर्ट फिल्म’को अवार्ड आसुतोष प्रोडक्सनको फिल्म ‘थर्ड आई’ले जितेको छ ।

स्टार वन इन्टरटेनमेन्ट र विलक्षण क्रियसनले आयोजना गरेको ‘तेस्रो नेपाल सर्ट फिल्म अवार्ड २०२२’ मा ‘थर्ड आई’ उत्कृष्ट भएको हो ।

प्रतिस्पर्धामा ‘थर्ड आई’का लागि ‘सोसियल फिल्म’तर्फको ‘उत्कृष्ट निर्देशकको अवार्ड’ आशुतोष अधिकारीले, अभिनेत्रीतर्फ ‘जुरी अवार्ड’ अभिनेत्री कमला अधिकारीले र केडी प्रसितले ‘सह–अभिनेता’को अवार्ड जिते ।

प्रतिष्पर्धामा ‘सर्वोत्कृष्ट सर्ट फिल्म निर्देशक’को अवार्ड फिल्म ‘अवसान’बाट कल्याण अधिकारीले जित्दा ‘उत्कृष्ट अभिनेता’को अवार्ड प्रदीप बाँस्तोलाले र ‘अभिनेत्री अवार्ड’ फिल्म ‘म मेरी बहिनी र उ’बाट सुजाता तिमल्सिनाले पोल्टामा पारिन् ।

त्यस्तै फिल्म ‘दानव’बाट मोहम्मद रफी शाहले निर्देशनतर्फ नै ‘जुरी अवार्ड’, फिल्म ‘१२ ए एम’बाट ‘नवनिर्देशक अवार्ड’ दिवश गिरीले जिते । ‘उत्कृष्ट छायाँकार’को अवार्ड फिल्म ‘कलेज लाइफ’बाट मनोज चौधरीले, ‘उत्कृष्ट सम्पादन’को अवार्ड फिल्म ‘इति’बाट नवीन निरौलाले प्राप्त गरेका छन् ।

‘नव–अभिनेता’को अवार्ड ‘द टाईम’बाट अभिषेक खकुरेलले हात पार्दा यही फिल्मबाट सुदीप कुँवरले ‘नव–निर्देशक’को अवार्ड चुमे ।

नेपाल सर्ट फिल्म अवार्डको निर्णायकमा फिल्म निर्देशक मधुसुदन भट्टराई, पत्रकार तथा फिल्म निर्देशक लक्ष्मण सुवेदी, पत्रकार विष्णुप्रसाद सुवेदी, अभिनेता विकास चापागाईं, गजित विष्ट, गोपाल ढकाल ‘छन्दे’ र फिल्म लेखक शिवम अधिकारी थिए ।

प्रकाशित मिति: २०७९,असार,९,बिहीवार १३:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र ‘घनचक्कर’ शुक्रवार (आज) बाट प्रदर्शनीमा आएको छ । फिल्म घनचक्कर निर्माण शुरु भएको ४ वर्षपछि शुक्रवारबाट

काठमाडौं । परिच्छेद सेनको डेब्यू निर्देशन रहेको चलचित्र ‘प्रेमगन्ज’को शीर्ष गीत ‘माथि माथि आकाशमा’ सार्वजनिक भएको छ । गीतमा बेनिशा

मुम्बई । बलिउडको बक्स अफिसमा दक्षिण भारतीय फिल्मले शासन गर्दैछ भन्दा फरक नपर्ला । ‘पुष्पा’, ‘केजीएफ २’ र ‘आरआरआर’ पछि

काठमाडौं । फिल्म ‘पुष्पाः द राइज’ अभिनेत्री समान्था रुथ प्रभु भारतकै लोकप्रिय अभिनेत्री बनेकी छन् । उनले कैटरिना कैफ, आलिया

ताजा समाचार

बाढीले मेलम्चीमा रातभर तनाव
 २०७९,असार,११,शनिवार ०७:२१
प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा खड्का
 २०७९,असार,१०,शुक्रवार २१:१६