काठमाडौं । रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्वर १४ लालबकैया नदी भएको डुङ्गा दुर्घटनामा परेकाहरु मध्ये दुईजनाको शव फेला परेको छ ।
गृह मन्त्रालयले डुड्गामा सवारी करीव २५ जना मध्ये २१ जनाको उद्धार र पौडी खेलेर बच्न सफल भएका छन् । तीनजना वेपत्ता रहेका छन् ।
मन्त्रालयले वेपत्ता तीन जनाको पनि खोजी कार्य जारी रहेको बताएको छ । नदी किनारामा फेला परेको उक्त शवको पहिचान गरी आफन्तको जिम्मा लगाउने कार्य भइरहेको छ ।
यसअघि डुङ्गाका ४० जना रहेको र सो मध्ये २१ जना वेपत्ता भएको समाचार सार्वजनिक भएको थियो । मन्त्रालयले डुङ््गा चालकलाई उदृत गर्दै, डुङ्गा पुल बनाउन निर्माण गरिएको सिमेण्टको पिलरमा ठोक्कीएर दुर्घटनामा परेको थियो ।
वर्षाको बाढीसँगै केही ब्यक्ति पौडेर बाँच्न सफल भएका थिए भने केही वेपत्ता भएका थिए । उद्धारमा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया