बाहुबलीका हिरो प्रभासको बिहे हुन लागेको हो?

मुम्बई । विश्वभर चिनिएका फिल्म ‘बाहुबली’ का अभिनेता प्रभासको पहिले खासै चर्चा हुने गर्दैनथ्यो । तर जब यो फिल्म रिलिज भयो, फिल्मसँगै उनको वृत्तिले पनि धमाका मच्चाउन थाल्यो । यतिबेला दर्शक उनको फिल्म ‘साहो’ को प्रतीक्षामा छन् ।

बाहुबली पछि प्रभास जति समाचारमा आए, ती समाचारमा धेरै समाचार त उनको बिहेका बारेमा लेखिए । प्रभासले व्यक्तिगत जीवनका बारेमा मुख नखोले पनि बिहे हुने भन्ने खबर समाचारमा आइरहन्छन् । केही समयअघि मात्र समाचार आएको थियो – प्रभासले बाहुबलीकै नायिका अनुष्का शर्मासँग बिहे गर्ने भए । 

तर, पछि यो कुरा पनि हरायो ।

विभिन्न हल्ला आए पनि प्रभासले यसबारेमा भने खासै केही बताएनन् । ‘बाहुबली’ पछि फिल्मको चर्चा पनि उत्तिकै भइरह्यो । उनलाई बिहेका प्रस्ताव टन्नै आए ।

रिपोर्टसका अनुसार प्रभासको परिवार बिहेको तयारीमा जुटेको छ । हुन त प्रभासले यसबारेमा केही भनेका छैनन् । तर, प्रभासले फिल्म ‘साहो’ पछि बिहे गर्नेवाला छन् ।

खबरका अनुसार उनका परिवारले उनको बिहेको मिति नै तय गरिसकेका छन् । यता प्रभाव भने यस बारेमा बोल्नुपर्छ भनेर मिडियादेखि दूर भएका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?