काठमाडौं, २९ असोज। नेपाली कांग्रेस र फोरम लोकतान्त्रिकबीच आज पार्टी एकीकरण हुने पक्का भएको छ। आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा दुई पार्टीबीच एकता हुन लागेको हो ।पछिल्लो समय कांग्रेस र विजय गच्छदारले नेतृत्व गरेको लोकतान्त्रिक फोरमबिच एकताको प्रयास भएपनि पदीय भागबण्डामा कुरा नमिल्दा एकीकरण हुन सकेको थिएन । तर अहिले निर्वाचनपछि पदिय भागवण्डा गर्नेगरी दुईदलबिच एकिकरण हुन लागेको हो । स्रोतको अनुसार उपसभापति वा महामन्त्री मध्ये एक पद गच्छदारलाई दिन देउवा राजी भएका छन् ।तल्लो तहमा पनि मिलाउनुपर्ने भएकोले यसले निर्वाचनलाई असर गर्नसक्ने भएकाले पदिय भागबण्डालाई पछाडी धकेलिउको हो । गच्छदार २०६४ सालमा सम्पन्न सविधानसभाको निर्वाचन अघि कांग्रेस छोडेर तत्कालिन मधेशी जनाधिकार फोरम प्रवेश गरेका थिए। पार्टी छोडेको करिव दश बर्षपछि उनी कांग्रेसमै फर्किन लागेका हुन्।