११ असार २०७९, शनिवार

रियाविरुद्ध विशेष अदालतमा मुद्धा दर्ता

२०७९,असार,९,बिहीवार १२:२५

207
Shares

काठमाडौं । बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपुतको मामलामा लागुऔषध कोणबाट अनुसन्धान गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले अभिनेत्री रिया चक्रवर्ती, उनका भाई शौविक र अन्यलाई मुख्य आरोपी बनाउँदै विशेष अदालतमा मुद्धा दर्ता गराएको छ । एनसीबीले सुशान्तका लागि लागुऔषध किन्ने मामलामा रिया र अन्यलाई आरोपी बनाएको छ ।

स्पेसल पब्लिक प्रोसिक्युटर अतुल सरपन्देले सबै आरोपीहरुको चार्जसिटमा आरोप तय गरिएको छ । उनले ड्राफट चार्जसिट दर्ता गर्दै रिया र शौविकले लागुऔषधको प्रयोग गरेको र सुशान्तका लागि यसको खरिद बिक्री गरेको दाबी गरेका छन् । उनले अदालतले सबै आरोपीमाथि आरोप तय गर्ने तयारीमा रहे पनि केही आरोपीले डिस्चार्ज एप्लिकेसन दर्ता गराएकोले त्यसो हुन नसकेको बताए ।

अदालतले डिस्चार्ज एप्लिकेसनमाथि फैसला नहुञ्जेलसम्म आरोप तय गर्न नसकिने जनाएको छ । बुधबार भएको अदालती कारबाही प्रक्रियामा रिया र शौविक उपस्थित थिए । विशेष न्यायाधीश वीजी रघुवंशीले यो मामलाको सुनुवाई १२ जुलाईमा गर्नेछन् ।

सुशान्तको मृत्युको मामलामा लागुऔषध मुद्धाअगाडि आएपछि रियालाई सन् २०२० को सेप्टेम्बरमा पक्राउ गरिएको थियो । करिब १ महिनाको जेल बसाईंपछि मुम्बई उच्च अदालतबाट जमानत पाएकी थिइन् ।

सुशान्तले सन् २०२० को जुन १४ मा आफ्नो मुम्बईको फ्ल्याटमा झुण्डिएर आत्महत्या गरेका थिए । यो विषयको अनुसन्धान उच्च अदालतको आदेशमा सीबीआईले पनि गरेको छ तर निस्कर्षमा पुग्न सकेको छैन ।

एजेन्सी

 

प्रकाशित मिति: २०७९,असार,९,बिहीवार १२:२५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र ‘घनचक्कर’ शुक्रवार (आज) बाट प्रदर्शनीमा आएको छ । फिल्म घनचक्कर निर्माण शुरु भएको ४ वर्षपछि शुक्रवारबाट

काठमाडौं । परिच्छेद सेनको डेब्यू निर्देशन रहेको चलचित्र ‘प्रेमगन्ज’को शीर्ष गीत ‘माथि माथि आकाशमा’ सार्वजनिक भएको छ । गीतमा बेनिशा

मुम्बई । बलिउडको बक्स अफिसमा दक्षिण भारतीय फिल्मले शासन गर्दैछ भन्दा फरक नपर्ला । ‘पुष्पा’, ‘केजीएफ २’ र ‘आरआरआर’ पछि

काठमाडौं । फिल्म ‘पुष्पाः द राइज’ अभिनेत्री समान्था रुथ प्रभु भारतकै लोकप्रिय अभिनेत्री बनेकी छन् । उनले कैटरिना कैफ, आलिया

ताजा समाचार

बाढीले मेलम्चीमा रातभर तनाव
 २०७९,असार,११,शनिवार ०७:२१
प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा खड्का
 २०७९,असार,१०,शुक्रवार २१:१६