११ असार २०७९, शनिवार

टिसीएल विश्वकै पहिलो ठूलो टिभी ब्राण्ड बन्न सफल

२०७९,असार,९,बिहीवार १२:१८

63
Shares

काठमाडौं । नयाँ आयाम र उत्पादनहरुको डिजाईन थप्न सधै अग्रसर टिसीएल ब्राण्डलाई ओम्दिया ग्लोबल टि.भी डिजाईन एण्ड फिचर्स ट्र्याकर रिपोर्टले टिसीएल ग्लोबल नम्बर १ एण्ड्रोइड टि.भी ब्रान्ड प्रमाणित गरेको छ । टिसीएल ब्राण्ड उपभोक्ता माझ विश्वस्तरिय उत्पादनले प्रख्यात भएको छ ।

ओम्दिया ग्लोबल टि.भी डिजाईन एण्ड फिचर्स ट्र्याकर रिपोर्टका अनुसार गत बर्ष सन २०२१ मा १८ करोड ९० लाख वटा स्मार्ट टिभी सिपमेन्ट भएको थियो । त्यसमध्ये सात करोड ३२ लाख वटा एण्ड्रोइड स्मार्ट टि.भीको सिपमेन्ट भएको थिए । जसको २० दशमलव सात टि.भी यानी एक करोड ५१ लाख वटा टिसीएलको टि.भीको सिपमेन्ट भएको थियो । जसले टिसीएललाई मार्केट सेयरको आधारमा ग्लोबल नम्बर १ एण्ड्रोइड स्मार्ट टि.भी ब्रान्ड बनाएको छ ।

टिसीएल ब्राण्डले नेपाली बजारमा छोटो समयमा नै लोकप्रियता हासिल गर्न सफल भएको छ । ३२ देखि ७५ ईन्च सम्मको स्मार्ट र नन–स्मार्ट मोडलहरुमा उपल्ब्ध टिसीएल ब्राण्डले नेपालमा क्युलेड फोरके, फोरके यूएचडि, कर्भड स्मार्ट का साथै गुगल टि.भी पनि भित्र्याएको छ । ग्राहकहरुको उच्च रोजाई बन्न सफल भएको टिसीएल ब्राण्डले आफ्ना टि.भीहरुमा तीन वर्षको वारेन्टी प्रदान गर्दै आएको छ ।

नेपालमा टिसीएल ब्राण्डका टेलिभिजनका साथै वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजेरेटर, चेष्ट फ्रिजर, वाटर डिस्पेन्सर लगायतका उपकरणहरु चौधरी ग्रुप अन्तर्गत सिजी ईलेक्ट्रोनिक्सको इ.ओ.एल.मार्फत नेपाली बजारमा बिक्री हुने गरेको छ ।

सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ।

कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, किर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् ।

प्रकाशित मिति: २०७९,असार,९,बिहीवार १२:१८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडाैं । बैंक अफ काठमाण्डू लिमिटेडले सहज बैंकिङ् सेवा प्रदान गर्ने उद्देश्यले गण्डकी प्रदेश अन्तर्गतका विभिन्न शाखा कार्यालयहरुले घरदैलो कार्यक्रम

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको ३१ असारमा वार्षिक साधारणसभा बस्ने भएको छ । सभामा कम्पनीले अन्य वित्तीय संस्थाहरूसँग

काठमाडौं । प्रभु इन्स्योरेन्सले ११ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । कम्पनीले १६ चैतसम्म सेयर

काठमाडौं । आमाबुबाको लागिआफ्ना सन्तान प्राणभन्दा पनि प्यारो हुन्छ । सन्ततिको सुनौलो र उज्वल भविष्यको चाहाना सदैव आमाबुबाले राखेका हुन्छन्

ताजा समाचार

बाढीले मेलम्चीमा रातभर तनाव
 २०७९,असार,११,शनिवार ०७:२१
प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा खड्का
 २०७९,असार,१०,शुक्रवार २१:१६