स्पेनिस ला लिगामा बार्सिलोनाको संघर्षपूर्ण जीत

स्पेन । स्पेनिस ला लिगा फुटबल अन्तर्गत बार्सिलोनाले संघर्षपूर्ण जीत हात पारेको छ । 

घरेलु मैदानमा शनिबारराति सम्पन्न भएको खेलमा भालाडोलिड बार्सिलोनासँग १-० गोल अन्तरले पराजित भएको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै क्लब गोलरहित बराबरीमा रोकिएका थिए ।

दोस्रो हाफमा सुधारिएको खेल खेलेको बार्सिलोनाका लागि खेलको ५७ औँ मिनेटमा औसमाने डेम्बेलेले गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।

डेम्बेलेले गोल गरेपछि निक्कै आक्रामक बनेको भालाडोलिडले निर्धारित समयसम्म केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने सकेन र खेल १-० गोल अन्तरले हार्‍यो । 

बार्सिलोनाको यो लगातार दोस्रो जित हो । जितसँगै बार्सिलोना ६ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

त्यस्तै, शनिबारराति नै भएको  अर्को खेलमा खेलमा एथ्लेटिको म्याड्रिडले   रायो भाल्लेकानोलाई १-० गोल अन्तरले पराजित गरेको छ । 

म्याड्रिडका लागि एन्टोइन ग्रिजम्यानले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?