बिम्सटेक सम्मेलन: १३ र १५ गते विजोर नम्बरका सवारी चलाउन पाइने, १४ गते जोर

काठमाडौं । आगामी १४ र १५ हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्सटेक) सम्मेलनभर सरकारले काठमाडौं उपत्यकामा जोर र बिजोर नम्बर प्लेटका आधारमा सवारीसाधन चलाउन दिने निर्णय गरेको छ । 

आगामी बुधबार र शुक्रबार काठमाडौं उपत्यका विजोर नम्बरका सवारी मात्र गुडाउन पाइने भएको छ । १४ गते भने जोर नम्बरमा गुड्नेछ ।

ट्राफिक प्रहरी महाशाखाका अनुसार १३ र १५ गते सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक (१,३,५,७,९) भएका सवारी साधनहरू संचालन गर्न पाइनेछ ।

त्यस्तै १४ गते सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक (०,२,४,६,८) भएका सवारी साधनहरू संचालन गर्न पाइनेछ ।

सम्मेलनमा सहभागी हुन आएका विशिष्ट पाहुनाहरुको सवारी आवागमनको सहजता र सुरक्षाका लागि उनीहरुले प्रयोग गर्ने रुट पूर्ण रुपमा खाली गराइनुपर्ने हुँदा अत्याधिक सवारीसाधनको चाप उपत्यकामा ट्राफिक जामको समस्या नहोस् भनेर यो व्यवस्था गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?