काठमाडौं । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले एक वर्षको अवधिमा गैह्र सैनिकतर्फ ६ करोड २९ लाख ४९ हजार बराबरको छात्रवृत्ति प्रदान गरेको छ ।
उक्त संस्थानमा आव २०७४७५ मा ९६ गैह्र सैनिकका सन्ततिलाई अध्ययनका लागि पूर्ण छात्रवृत्ति उपलब्ध गराइएको सैनिक कल्याणकारी कोषले जनाएको छ । सोही आर्थिक वर्षमा चिकित्सा शास्त्र महाविद्यालयमा ६५, नर्सिङ महाविद्यालयमा ३३ र कलेज अफ मेडिकल पोलिटेक्निकमा अध्ययनरत २७ गैह्र सैनिक परिवारका छोराछोरीलाई छात्रवृत्ति उपलब्ध रहेको सैनिक कल्याणकारी निर्देशक सहायकरथी रघु भण्डारीले जानकारी दिए ।
उक्त कोषद्वारा सञ्चालित मुलुकका आठ सैनिक महाविद्यालयमा हाल आठ हजार ३३८ विद्यार्थीले अध्ययन गरिरहेका छन् । त्यसमध्ये गैह्रसैनिक परिवारका विद्यार्थी सङ्ख्या दुई हजार ८८७ छ । अब्बल नतिजाका कारण केही वर्षयता मुलुकको शिक्षा क्षेत्रमा सैनिक महाविद्यालय विद्यार्थीको पहिलो रोजाइको केन्द्र बन्दै आएको छ ।
सैनिक महाविद्यालयमा कूल विद्यार्थी सङ्ख्याको ३५ प्रतिशत गैह्र सैनिकका लागि प्रदान गर्दैआएको नेपाली सेनाले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया