अमर्त्य सेन भन्छन् –“गैर साम्प्रदायिक र गैर भाजपाली पार्टी एक हुनुपर्छ ”

एजेन्सी : भारतमा सन् २०१९को लोकसभा निर्वाचनका लागि गैर स्राम्पदायिक गैरभाजपाली राजनीतिक दल एक हुनुपर्ने नोबेल पुरस्कार प्राप्त अर्थविद् अमर्त्य सेनले  बताएका छन् ।

लोकतन्त्र खतरामा भइरहेका बेला यस्तो गठबन्धनमा सामेल हुन बामपन्थी दल हच्किन नहुने बताउँदै उनले यस्तो बताएका हुन् ।

उनले भने “ हामी एकतन्त्रीय शासनको विरूद्धमा हाम्रो अभिमत व्यक्त गर्नुपर्छ । हामी एकतन्त्रीय प्रवृति विरूद्ध  लड्नु पर्छ ।”

भारतीय जनता पार्टीको सरकारको तीखो आलोचना गर्दै सेनले  गैर भाजपाली सरकारबनाउनु पर्नेमा जोड दिए ।

भारतमा लोकतन्त्र खतरामा परेको छ र यसलाई सही ठाउँमा ल्याउने शक्ति जनतासँगभएको उनले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?