१५ चैत्र २०७९, बुधबार

कांग्रेस र फोरम लोकतान्त्रिकबिच एकिकरण , पदिय भागबण्डा निर्वाचनपछि

२०७४,आश्विन,२९,आईतवार ११:३८

9
Shares

काठमाडौं, २९ असोज। नेपाली कांग्रेस र फोरम लोकतान्त्रिकबीच आज पार्टी एकीकरण हुने पक्का भएको छ। आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा दुई पार्टीबीच एकता हुन लागेको हो । पछिल्लो समय कांग्रेस र विजय गच्छदारले नेतृत्व गरेको लोकतान्त्रिक फोरमबिच एकताको प्रयास भएपनि पदीय भागबण्डामा कुरा नमिल्दा एकीकरण हुन सकेको थिएन । तर अहिले निर्वाचनपछि पदिय भागवण्डा गर्नेगरी दुईदलबिच एकिकरण हुन लागेको हो । स्रोतको अनुसार उपसभापति वा महामन्त्री मध्ये एक पद गच्छदारलाई दिन देउवा राजी भएका छन् । तर तल्लो तहमा पनि मिलाउनुपर्ने भएकोले यसले निर्वाचनलाई असर गर्नसक्ने भएकाले पदिय भागबण्डालाई पछाडी धकेलिउको हो । गच्छदार २०६४ सालमा सम्पन्न सविधानसभाको निर्वाचन अघि कांग्रेस छोडेर तत्कालिन मधेशी जनाधिकार फोरम प्रवेश गरेका थिए। पार्टी छोडेको करिव दश बर्षपछि उनी कांग्रेसमै फर्किन लागेका हुन्।

प्रकाशित मिति: २०७४,आश्विन,२९,आईतवार ११:३८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । १० दलीय गठबन्धनको बैठक आज पनि निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तारको

काठमाडौं । मिटरब्याज पीडितहरुको आन्दोलनमा विवेकशील साझा पार्टीले ऐक्यबद्धता जनाएको छ । बुधबार अध्यक्ष समिक्षा बास्कोटाले विज्ञप्ति जारी गर्दै पीडितहरुलाई

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिटरब्याज पीडितको माग सरकारले पूरा गर्नुपर्ने बताएका छन् ।

काठमाडौं । सत्ता गठबन्धनको बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक शुरु भएको हो । मन्त्रालयको

ताजा समाचार

बैतडीमा १८ खेलाडी बन्द प्रशिक्षणमा
 २०७९,चैत्र,१५,बुधबार १२:१२
दिङ्ला प्रशासन कार्यालय प्रमुखविहीन
 २०७९,चैत्र,१५,बुधबार ११:१३