विदेशी मुद्राको विनिमयदर यथावत

काठमाडौं : नेपाल राष्ट्र बैंकले अार्इतबारका लागि तोकेको विनिमय दर शनिबारको तुलनामा यथावत रहेको छ ।

केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर १ सय ११ रूपैयाँ ५६ पैसा र बिक्रीदर १ सय १२ रूपैयाँ १६ पैसा पुगेको छ । 

युरो १ को खरिददर १ सय २९ रूपैयाँ २० पैसा र बिक्रीदर १ सय २९ रूपैयाँ ८९ पैसा, पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ४३ रूपैयाँ ३९ पैसा र बिक्रीदर १ सय ४४ रूपैयाँ १६ पैसा तोकिएको छ ।

केन्द्रीय बैंकका अनुसार साउदी रियालको खरिददर २९ रुपैयाँ ७५ पैसा र बिक्रीदर २९ रुपैयाँ ९१ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ६४ पैसा र बिक्रिदर ३० रुपैयाँ ८० पैसा रहेको छ ।

युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ३७ पैसा र बिक्रिदर ३० रुपैयाँ ५३ पैसा कायम गरिएको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १५ पैसा र बिक्रिदर २७ रुपैयाँ ३० पैसा रहेको छ । 

कोरियन वन १ सयको खरिददर १० रुपैयाँ र बिक्रिदर १० रुपैयाँ ६ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६८ रुपैयाँ ११ पैसा छ भने बिक्रिदर ३ सय ७० रुपैयाँ ९ पैसा कायम गरिएको छ । 

बहराइन दिनार एकको खरिददर २ सय ९५ रुपैयाँ ७१ पैसा र बिक्रिदर २ सय ९७ रुपैयाँ ३० पैसा तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?