अाज मध्य र पश्चिम क्षेत्रमा भारी बर्षा हुने

काठमाडौं : शुक्रबार बेलुकीदेखिको बदली अझै कायम रहेकाले अाज (अार्इतबार) बिहानैदेखि देशका विभिन्न स्थानमा भारी बर्षा भर्इरहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले बताएको छ । 

महाशाखाका अनुसार अाज दिउँसो देशका मध्य र पश्चिम भागमा भारी बर्षा हुने सम्भावना छ । यी क्षेत्रका बासिन्दालार्इ सतर्कता अपनाउन अाग्रह गरेको छ । 

मध्य र पश्चिममा ठूलो बर्षा हुनुका साथै देशका अन्य भागमा पनि पानी पर्ने महाशाखाले सार्वजनिक गरेको माैसम बुलेटिनमा उल्लेख छ । अहिले देशभरकै माैसममा बदली भर्इरहेको छ । 

अाज राती पनि देशका केही स्थानमा ठूलो पानी पर्ने महाशाखाले पूर्वानुमान गरेको छ। 

सोमबारदेखि पानी पर्न केही कम हुने सरकारले गरेको माैसम पूर्वानुमान सूचनामा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?