पशुसेवा विज्ञ केन्द्र अर्घाखाँचीको कार्यालय उद्घाटन

लोकपथ
130
Shares

अर्घाखाँची । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको एक औपचारिक समारोहबीच उद्घाटन गरिएको छ ।

लुम्बिनी प्रदेशका कृषि खाद्य व्यवस्था तथा भूमि व्यवस्था मन्त्री सुमन शर्मा रायमाझीले भवनको उद्घाटन गरेका हुन् ।

मन्त्री रायमाझीले भवन उद्घाटन गर्दै जनतालाई गुणस्तरीय अनि प्रभावकारी सेवा प्रवाहमा ध्यान दिन प्राविधिकलाई आग्रह गरे । कृषि क्षेत्रको विकास नभई देशको विकास नहुने भन्दै कृषकहरूको व्यावसायिक विकासमा सरकारले ध्यान केन्द्रित गरेको उनले बताए ।

कार्यक्रममा प्रदेश सभा सदस्य रामजी घिमिरे, जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइराला, सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, भूमिकास्थानका नगर प्रमुख झविलाल थापा, उपप्रमुख बालकृष्ण बन्जाडेलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?