११ कार्तिक २०७८, बिहीवार

बैतडीका एकल पुरुषलाई पनि भत्ता

२०७५,भाद्र,१०,आईतवार ०३:२६

9
Shares

बैतडी : बैतडीको मेलौली नगरपालिकाले विधुर (एकल पुरुष) लाई पनि मासिक भत्ता दिने भएको छ । 

नगरपालिकाले चालू आर्थिक वर्षको साउनदेखि ६० वर्षदेखि ७० वर्षसम्मका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ताअन्तर्गत मासिक रु एक हजारका दरले भत्ता दिने निर्णय गरेको उपप्रमुख राधा ओझाले बताए । 

एकल महिलाजस्तै एकल पुरुष पनि समस्यामा हुने भएकाले उनीहरुलाई दोहोरो भत्ता नहुने गरी भत्ताको व्यवस्था गरिएको हो । उनले भने “नगरपालिकाभित्र असहाय एकल पुरुषहरु पनि रहेकाले उनीहरुलाई बाँच्न सहज होस् भनेर आफूहरुले भत्ता दिने निर्णय गरेको हौं ।”

उनीहरुको मासिक भत्ताका लागि नगरपालिकाबाट अहिले १५ लाख रूपैयाँ छुट्याइएको नगरप्रमुख कृष्णसिंह नायकले जानकारी दिए । अहिले नगरका नौवटै वडाका विधुरहरुको तथ्याङ्क सङ्कलनको काम शुरु गरिएको छ । एकल पुरुषको तथ्याङ्क सङ्कलन भइरहेको र सोही रकममध्ये अनाथ असहायलाई पनि केही सहयोग गर्ने नगरपालिकाले योजना बनाएको छ ।

एकल पुरुषलाई मासिक भत्ता वितरण गर्ने सम्भवतः यो नगरपालिका नेपालकै पहिलो बनेको छ । यसअघि नगरपालिकाले एचआईभी सङ्क्रमित, हेपाटाइटिस, क्यान्सरजस्ता रोगका बिरामीको प्रकृति हेरेर उपचार खर्चसमेत वितरण गरेको थियो ।

प्रकाशित मिति: २०७५,भाद्र,१०,आईतवार ०३:२६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धनगढी । सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको भवन पार्टीको बैठकका लागि प्रयोग हुन लागेको छ । सरकारमा रहेको एकीकृत

धनगढी । धनगढीमा प्रहरी सहायक निरिक्षक र प्रहरी जवानको हत्या अभियोग लागेका ९ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । कैलालीका

धनगढी । थ्रेसरको भाउ बढेपछि धनगढीका किसान चिन्तित भएका छन् । थ्रेसर प्रयोगले धान झार्न सहज भए पनि ज्याला महँगिएका

धनगढी । सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ । गत असोज ३१ गतेदेखिको

ताजा समाचार

कति छ आजको विनिमयदर ? हेर्नुहोस् सूचीसहित
 २०७८,कार्तिक,११,बिहीवार ०८:१०
मादीका बाढी पीडितलाई राहत प्रदान
 २०७८,कार्तिक,११,बिहीवार ०७:५३
यस्तो रहनेछ आजको मौसम
 २०७८,कार्तिक,११,बिहीवार ०७:४८
मगन्तेलाई निरुत्साहीत पार्दै प्रहरी
 २०७८,कार्तिक,११,बिहीवार ०७:३१
एमाले अधिवेशनमा सर्वसम्मतिको अन्तर्य
 २०७८,कार्तिक,११,बिहीवार ०७:१९