८ कार्तिक २०७८, सोमवार

पाँचथरको भेडीगोठमा हैजा, भेडाबाख्राले आँखा देख्न छाडे

२०७५,भाद्र,१०,आईतवार ०३:२२


पाँचथर : पाँचथरको फालेलुङ गाँउ पालिकाका विभिन्न खर्कका भेडीगोठमा हैजा फैलिँदा एकैसाथ एकसय ५० भन्दा बढी भेडाबाख्राले आँखा देख्न छोडेका छन् । 

शुरुमा आँखाबाट आँशु आउने, कचेराले क्रमशः आँखा ढाक्न थाल्ने, नानी धमिलो हुँदै गएर पुरै आँखा सेतो हुने त्यसपछि आँखा चिम्म हुने समस्याका कारण फालेलुङ–४ महभीरका टेकबहादुर गुरुङ, फालेलुङ–२ जिमाहाका शुखवहादुर राई र फालेलुङ–३ का मनप्रसाद केरुङले फालेलुङ–४ बिखेमा सामूहिक रुपमा पालेका १३५ वटा भेडा बिरामी परेका छन् । 

यसरी बिरामी परेका भेडाले करीव एक सातासम्म आँखा नै नदख्ने भएकाले चरनमा जाँदा एक आसपमा ठोक्एिर लड्ने तथा गोठालालाई फर्काएर गोठसम्म ल्याउन पनि समस्या हुने गरेको भेडी गोठ सञ्चालक मनप्रसाद केरुङले बताए। 

यसैगरी फालेलुङ–६ बरभञ्ज्याङकी सविना राईका २१ वटा बाख्रामा पनि यस्तै समस्या देखिएको पशु प्राविधिक लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए । उनका अनुसार पहिलो पटक बिखेमा पालिएका एकाध भेडामा देखिएको यो समस्या क्रमशः एकदेखि अर्कामा साउनको अन्तिम सातादेखि बिखेस्थित भेडी गोठमा देखिएको थियो ।

ती भेडा बाख्रालाई आई ड्रप्स र बोरिक एसिड प्रयोग गरी आँखा सफा गरिदिँदा केही हदसम्म न्यूनीकरण भए पनि पूर्ण रुपमा नियन्त्रण भने नभएको उपचारमा संलग्न बाँस्कोटाको भनाई छ । 

प्रकाशित मिति: २०७५,भाद्र,१०,आईतवार ०३:२२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

ताप्लेजुङ । ताप्लेजुङका सीमान्तकृत वालुङ समुदायले मनाउने सांस्कृतिक पर्व फुटुकसुरु भएको छ । दसैँको कोजाग्रत पूर्णिमाको पञ्चमी तिथिदेखि तिहारको औँसी

सोलुखुम्बु । थुलुङदूधकोशी गाउँपालिकाले विद्युतीय राजस्व भुक्तानी प्रणाली कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाले जग्गा, घर भाडा, सवारी साधन, व्यवसाय ,

काठमाडौं । प्रदेश नं १ को प्रदेश सभाको बैठक कार्तिक १५ गतेसम्मका लागि स्थागित भएको छ । आइतबार दिउँसो प्रदेश

काठमाडौं । आइतबार (आज) प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिदैँछन् । तर नेपाली कांग्रेसले भने भने

ताजा समाचार

लमजुङमा भूकम्पको धक्का महसुस
 २०७८,कार्तिक,८,सोमवार २२:१७
सात दिनदेखि अवरुद्ध राजमार्ग सञ्चालन
 २०७८,कार्तिक,८,सोमवार २२:०४
एमालेको पालिकास्तरमा मङ्गलवार अधिवेशन
 २०७८,कार्तिक,८,सोमवार २१:३०
च्यासलमा थप दुई विदेशी खेलाडी अनुबन्ध
 २०७८,कार्तिक,८,सोमवार २१:१६