काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी विमान मर्मतको बाहानामा निलम्बित नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्षले आफु निकट कर्मचारी र आसेपासेलाई १७ दिनका लागि डलर भत्तासहित पठाउने योजना संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले रोकिदिएका छन् ।
निगमको वाइडबडी विमान अन्नपुर्ण जहाज नियमित सि–चेक जाँचका लागि बिहीबार इन्डोनेसियाको जार्कता पठाइँदैछ । उक्त विमान त्यहाँको पीटी जीएमएफ एरो एशिसा टीबीकेका प्राविधिकहरुको निगरानीमा १७ दिन रहने छ । सि–चेकका क्रममा जहाज पुर्णतया विदेशी एमआरओ कम्पनीको निगरानीमा रहन्छ ।
तर, निलम्बित कार्यकारी अध्यक्ष युवराज अधिकारीले आफ्नो नजिकका एक दर्जन हाराहारी आसेपासे कर्मचारीलाई दैनिक डलरमा भत्ता, होटल खर्च निगमले व्यहोर्नेगरी पठाउदै गरेको उजुरी परेपछी मन्त्री आलेले फजुल खर्च रोकेका हुन् । यो निर्णयले कोभिड महामारीका कारण घाटा ब्यहोरीरहेको निगमको ३५ लाख जोगिने भएको छ । निगमका अनुसार, २१ जनाकोे जम्बो टोली इन्डोनेशिया पठाउँदा कम्तीमा पनि ५० लाख लाग्दै थियो । निलम्बित अध्यक्ष अधिकारीले २१ जनालाई बिना उदेश्य भम्रणमा पठाउँदा ५० लाख खर्च लाग्ने भएपछी मन्त्रीसमक्ष केही दिनअघि उजुरी परेको थियो । अनावश्यक सङ्ख्यामा कर्मचारी लैजाने निर्णयलाई मन्त्री आलेले रोक लगाउनु भएसँगै उक्त रकम बचत भएको हो ।
मन्त्री आलेले नेपाल वायुसेवा निगमको फजुल खर्च हुन लागेको कम्तिमा पनि ३५ लाख जोगाएका छन् । अब आवश्यक पर्ने ६ जना टोलीको खर्च १५ लाख ७४ हजार हाराहारी हुने छ । यसरी मन्त्री आलेले गरेको निर्णयबाट नेपाल वायुसेवा निगमको ३४ लाख २५ हजार ६२५ जोगिने भएको छ । अधिकारीलाई मन्त्री आलेले यसअघि पनि थुप्रैपटक फजुल खर्च नगर्न निर्देशन दिनु भएको थियो । तर अधिकारीले मन्त्रीको निर्देशन लत्याउदै खर्चहरु गर्ने गरेको उजुरी मन्त्रालयमा परेका छन् ।
पर्यटन मन्त्रालयले वैशाखमा स्पष्टीकरण सोध्नु भएपछी अधिकारीले विभागीय प्रमुखसँग समन्वय नै नगरी जहाजको सि जाँचकालागि जम्बो टोलीको सूची तयार पारेका थिए । मन्त्री आलेले नेपाल वायुसेवा निगमको अर्थ विभाग प्रमुख अनिसा खड्कालाई बुधबार मन्त्रालयमा बोलाउनु भई आर्थिक मितव्ययी अनुसार, रकम निकासा गर्न निर्देशन दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया