१ कार्तिक २०७८, सोमवार

कञ्चनपुरमा पाँच घण्टाका लागि कर्फ्यू हटाइयो

२०७५,भाद्र,१०,आईतवार ०२:२१


कञ्चनपुर- कञ्चनपुरमा पाँच घण्टाका लागि कफ्र्यू हटाइएको छ । आज बिहान ५ बजे देखि १० बजे सम्मका लागि कफ्र्यू हटाइएको हो ।

दश बजेदेखि पुनः कफ्र्यू यथावत रहने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । भीमदत्त नगरपालिका–२ खोल्टीका निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै प्रदर्शन उग्र बनेपछि शुक्रबार साँझ ८ बजेदेखि अनिश्चितकालीन कफ्र्यू आदेश जारी गरिएको थियो ।

पाँच घण्टाका लागि कफ्र्यू हटाइएपछि रक्षा बन्धनका लागि सामग्री खरिद गर्नेको बजार क्षेत्रमा भीड लागेको छ ।
८ भदौमा प्रहरीको गोली लागेर एक किशोर सनी खुनाको मृत्यु पछि प्रशासनले अनिश्चितकालिन कर्फ्यू लगाएको थियो । निर्मला पन्तको बलात्कार र त्यसपछि भएको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै कञ्चनपुरमा आन्दोलन जारी छ ।

 

प्रकाशित मिति: २०७५,भाद्र,१०,आईतवार ०२:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

ताजा समाचार

पर्यटकको पर्खाइमा धन्दुर सिद्धगुफा
 २०७८,कार्तिक,१,सोमवार ०९:४३
बार्सिलोनासँग भ्यालेन्सिया पराजित
 २०७८,कार्तिक,१,सोमवार ०९:०८
घरेलु मैदानमै न्युकासल स्तब्ध
 २०७८,कार्तिक,१,सोमवार ०८:५७