खाद्य संकटकोे उपाय भोजनमा परिवर्तनको आवश्यकता

एजेन्सी : विश्वका लागि खाद्य संकट सबै भन्दा ठूलो चुनौतीको रूपमा स्वीकारिएको छ ।

यसका लागि वैज्ञानिकहरूले उपायको खोजी गरिरहेका छन् ।

उपायको खोजीमा रहेका वैज्ञानिकहरूको अनुसार खाद्य संकटको उपायको रूपमा मानिसहरूले भोजनमा समावेश गर्ने सामाग्रीको बानीलाई फेर्नुपर्ने आवश्यकता छ ।

मलेसिया भविष्यमा खानेकुराको बानी फेर्नका लागि वैज्ञानिकहरूले अनुसन्धान गरिरहेका छन् ।

यो प्रयोगशाला मलक्का जल सन्धी नजिक रहेको छ । राजधानी क्वालालम्पुरमा ग्लोबल रिसर्च सेन्टरको प्रधान कार्यालय छ ।

जहाँ भविष्यको खाद्यान्नका बारेमा अनुसन्धान भइरहेको छ ।

चीनी नभएको र प्रचुर भिटामिन भएका जुसहरूको निर्माण भइरहेको छ । जुसमा स्वादका लागि पनि काम भइरहेको छ ।

यसका लागि स्थानीयरूपमा बिर्सिएका वनस्पतिहरूको खोजी र उपयोगको बारेमा अध्ययन गरिँदै छ ।

क्रप्स फर फ्युचरका प्रमुख सैयद आजम अलिले भने “ यहाँ देखिने वनस्पतिहरूलाई मानिसले बिर्सिसकेका छन् ।

विभिन्न स्थानहरूमा यी वनस्पति स्थानीय वनस्पतिको रूपमा चिनिएको थियो । तर त्यहाँका मानिसहरूले चिन्दैनन् ।”

मध्य तराईमा सहिजनको रूपमा चिनिएको मोरिंगा, बदामको जस्तो बारम्बरा, अमिलो केडोनडांग जस्ता वनस्पति देखाउँदै उनले यस्तो भनेका थिए ।

यस्ता वनस्पतिलाई तिनको मूल स्थान बाहेक अन्यत्रका मानिसलाई थाहा छ्रैन् ।

क्रप्स फर फ्युचरका प्रमुख अलिका अनुसार दुनियाँमा अहिले चार प्रकारका अन्नको वर्चस्व कायम छ ।

ती हुन गहुँ, मकै , चामल र सोयाबिन । विश्वमा खाद्यान्नको दुई तिहाई आवश्यकता यी चार अन्नले गर्छन् ।

बाँकी अन्य सबै अन्न पछाडि धेकेलिएका छन् । मानिस पेट भर्नका लागि यसको प्रयोग गर्छन् । तर मानिसले यस्ता ७ हजार भन्दा बढी अन्न उब्जाउँदै आएको हो ।

तर मानिसले तिनको अनदेखा  गरे ।अनुसन्धानकर्ताहरूले ती बिर्सिएका अन्नहरूको उपयोगको बारेमा अध्ययन गरिरहेकाछन् ।

अहिले विश्वमा हरितगृह ग्यासको एक तिहाई उत्सर्जन खानेकुरा बनाउने उद्योगबाट हुने गरेको छ । संयुक्त राष्ट्र संघको खाद्य संगठनका अनुसार २०५०सम्म आजको तुलनामा ५०प्रतिशत बढी खाद्य पदार्थको उत्पादन गर्नुपर्ने हुन्छ ।

त्यतिखेर विश्वको जनसंख्या १० अर्ब पुग्नेछ । यो माग पूरा गर्न पर्यावरणलाई हानि नपु-याई गर्न असम्भव हुन्छ ।

यसका लागि भविष्यमा खानामा भएको निर्भरतालाई अहिले भएको बानीमा परिवर्तन गरी पूरा गर्नुपर्ने हुन्छ ।  

यसका लागि क्रप्स फर फ्युचरका वैज्ञानिकहरूले अनुसन्धान गरिहेका छन् ।

बिर्सिएका वनस्पतिलाई फेरि उमार्न सकियो र तिनको प्रयोग गर्न सकियो भने पर्यावरणलाई संरक्षण गर्दै खाद्य संकटको समाधान गर्न सकिने वैज्ञानिकहरूको भनाइ छ । 

उनीहरूको अनुसार खाद्य असुरक्षा नभइ खाद्य अज्ञानताले समस्या निम्तिएको छ । स्था

नीयरूपमा प्रयोग गरिएका खाद्य सामाग्रीको प्रयोगमा ध्यान दिइए यो समस्या समाधान हुन सक्नेछ ।

साथै मानिसका लागि चाहिने पौष्टिकत तत्वको उपलब्धता सहज हुनेछ ।

सिंगपाुरका नेशनल युनिभर्सिटीस्थित इन्स्टिच्युट अफ वाटर पलिसीका अनुसन्धानमा संलग्न टार्टाजाडाले भनिन्“ अहिले दुनियामा खाद्य असुरक्षा नभइ खाद्य अज्ञानता छ ।स्थानीय फसललाई अनदेखा गर्छौ तर बाहिरिया फसलप्रति निर्भरता बढाउँर्छौ ।”
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?