कञ्चनपुर घटनाको अब सुरुदेखि अनुसन्धान

कञ्चनपुर –प्रहरीले भीमदत्त नगरपालिका २ की  १३ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको घटनाको प्रारम्भिक चरणबाटै  अनुसन्धान सुरु गरेको छ ।
स्थानीयले आन्दोलन चर्काएपछि फेदैबाट अनुसन्धान थाल्ने निष्कर्षमा प्रहरी पुगेको हो ।

घटना भएका दिन किशोरी पढ्न गएको घरका बम दिदीबहिनी रोशनी र बबितालाई नियन्त्रणमा लिएर घटनाका सुरुबाट अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कुवेर कडायतले बताए ।
उनले किशोरीको शव भेटिएको घटनास्थलको पनि सुरुबाटै अनुसन्धान गरिने जानकारी दिए। आजको कान्तिपुरले यसबारे विस्तृत खबर छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?