नेपालमा सार्वजनिक हुदै राइड मोड भएको TVS Apache को नयाँ मोडल

लोकपथ
0
Shares

जगदम्बा मोटर्सले TVS Apache RTR 160 4V RTFI तथा BS-VI को नयाँ मोडल नेपाली बजारमा  ल्याउने तयारीमा छ । नेपालमा सार्वजनिक हुन लागेको सो मोटरसाइकलको BS-VI मोडलमा यस वर्गमै पहिलो र सबैभन्दा उत्कृष्ट ३ राइड मोड (Rain, Urban र Sport Mode) रहेका छन् जसलाई चालकले सहजता र परिस्थितिको आधारमा मोटरसाइकल कुदाउँदा खेरि परिवर्तन गर्न सक्नेछन्। यस फिचर्सले चालकको राइडिङ् अनुभवलाई थप सहज र सुरक्षित बनाउने कम्पनीले जनाएको छ ।

यसैगरी यस मोटरसाइकलको अर्को सशक्त पक्ष भनेको Race Tuned Fuel Injection (RTFI) टेक्नोलोजी युक्त BS-VI compliant इन्जिन रहेको छ। अटोमोबाइल जगतमा RTFI टेक्नोलोजिलाई निकै नै उत्कृष्ट मानिन्छ। यसैगरी BS-VI compliant इन्जिन सहितको Apache RTR नेपाली मोटरसाइकल प्रेमीले धेरै पहिला देखि नै प्रतीक्षा गरिरहेको पाइन्छ। यस RTFI टेक्नोलोजी युक्त इनजिन्ले Milageमा वृद्धि गर्छ भने BS- VI compliant इन्जिन वातावरण मैत्री हुन्छ। यस मोटरसाइकलमा SmartXConnect फिचर पनि रहेको छ जसको सहायताले मोटरसाइकलमा ब्लुतुथ कनेक्ट मार्फत रेस टेलिमेट्री, टर्न बाई टर्न नेभिगेसन, मल्टिपल स्पट प्लटिंग,लीन एङ्गल मोड, साथै कल र एसएमएस एलर्ट जस्ता आधुनिक सेवा जडान गरिएका हुन्छन् जसले बाटोमा यात्रा गर्दा अरु सामान्य मोटरसाइकल भन्दा अतिरिक्त यात्रा सजजता दिन्छ।

जगदम्बा मोटर्सले नयाँ TVS Apache RTR 160 4V RTFI with BS-VI काठमाडौँको Purple Haze Rock Bar बाट असार ९ गते सार्वजनिक गर्ने जनाएको छ । सो कार्यक्रम प्रख्यात नेपाली ब्यान्ड Cobweb तथा नेपालको विभिन्न मोटो भ्लगर्सको साथै जगदम्बा मोटर्सको प्रतिनिधिहरुको उपस्थितिमा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?