चितवन । भरतपुर महानगरपालिकी प्रमुख रेनु दाहालले ‘मेयर होस् त यस्तो होस्’ भन्ने बनाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । बुधबार भरतपुर वडा नं. ७ मध्यविन्दु टोलस्थित प्रेमवस्ती कवर्ड हलको शिलान्यस कार्यक्रममा मेयर दाहालले सो कुरा बताएकी हुन् ।
भरतपुरबासीहरुको चाहाना तीब्र विकास, सुशासन, पारदर्शिता रहेकाले विगतको अनुभवका आधारमा यो पाँच वर्षको लागि मैदान उत्रिसकेको प्रमुख दाहालले बताइन् ।
विकासका लागि महत्वाकांक्षी भएकै कारण पहिलो कार्यकालमा भरतपुरमा सोचेको भन्दा बढी बजेट ल्याउन र विकास गर्न सकेको स्मरण गरिन्।
मेयर दाहालले दोस्रो कार्यकालको लागि निर्वाचनको मत परिणाम नआउँदै भरतपुरको विकासको बारेमा चिन्तित भई राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलसँग कुराकानी भएको उल्लेख गरिन् ।
सो कुराकानीका बारेमा असार ३ गते आयोजना भएको बृहत विकास सम्बन्धी बहस कार्यक्रममा उपाध्यक्ष पौडेलले मुक्तकण्डले मेयर दाहालको प्रशंसा गर्नु भएको थियो ।
उपाध्यक्ष पौडेलले मेयर दाहालको विकासप्रति हुटहुटीले भरतपुरको विकास सम्भव भएको विचार व्यक्त गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया