अनशनरत तिलक कोइरालालाई भेट्दै बालेनले भने-‘ आन्दोलनप्रति हाम्रो साथ र समर्थन छ’

लोकपथ
2.6k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले खुमलटार पुँजीबजारको सुधारको माग गर्दै आमरण अनशन बसेका तिलक कोइरालालाई भेटेका छन् ।

बालेनले गत असार १ गतेदेखि पुँजीबजार सुधारको मागसहित धितोपत्र बोर्ड अघि आमरण अनसनमा बसेका कोइरालासँग भेट गरेका हुन् ।

May be an image of 2 people and people sitting

उनले पुँजीबजार सुधार र विस्तारका लागि लगानीकर्ताहरुले गरिरहेको आन्दोलनप्रति आफूहरुको साथ र समर्थन रहेको बताएका छन्। सरकारले बेलैमा पुँजीबजारका लगानीकर्ताहरुको माग सम्बोधन गर्नुपर्ने साहले बताए।

पुँजी बजारको सुधारका लागि १९ बुँदे मागपत्र लगानीकर्ताहरु आन्दोलनमा उत्रिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?