१८ औँ ‘एशियाड’: प्याराग्लाइडिङको टिम क्रसकन्ट्री बिधाको पहिलो चरणमा नेपाल तेस्रो

जाकार्ता । इन्डोनेशियामा भइरहेको १८ औँ ‘एशियाड’ अन्तर्गत प्याराग्लाइडिङको टिम क्रसकन्ट्री बिधाको पहिलो चरणको खेलमा नेपाल तेस्रो भएको छ । 

शनिवार सम्पन्न भएको पहिलो चरणको खेल सकिँदा नेपाली पुरुष टोली तेस्रो स्थानमा रहेको स्थानमा छ । पदकको आशा गरिएको यो स्पर्धामा दक्षिण कोरिया पहिलो स्थानमा छ भने आयोजक राष्ट्र इन्डोनेशिया दोस्रो स्थानमा छ ।

१० राष्ट्र सहभागी यो स्पर्धाको बाँकी चरणको खेल आइतार सञ्चालन हुनेछ । 

त्यस्तै, शनिवार नै भएको महिलातर्फको खेलमाा नेपाली टोली चौँथो स्थानमा छ ।  दक्षिण कोरिया पहिलो, जापान दोस्रो र इन्डोनेशिया तेस्रो स्थानमा छ । 

यसअघि प्रतिस्पर्धा गरेको एक्यूरेसी बिधामा भने नेपालको महिला र पुरुष टोलीले खासै राम्रो प्रदर्शन गरेको थिएन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?