११ कार्तिक २०७८, बिहीवार

नेपाली धावकले म्याराथन पूरा गर्न सकेनन्

२०७५,भाद्र,९,शनिवार १३:१२

0
Shares

जाकार्ता । इण्डोनेशियामा जारी १८ औँ एशियाली खेलकूद अन्तर्गत शनिवार भएको एथ्लेटिक्सको म्याराथनमा नेपालका दुई धावकले दौड पूरा गर्न असफल भएका छन् ।

 म्याराथनमा भाग लिएका नेपालका कृष्णबहादुर बस्नेत र गोपिचन्द्र पार्कीले दौड पूरा गर्न नसकेका हुन् । तेह्र देशका २१ धावक सहभागी म्याराथनमा नेपालका दुईसहित अन्य छ मुलुकका खेलाडीले दौड पूरा गर्न नसकेको राष्ट्रिय खेलकूद परिषद् ‘राखेप’ले जनाएको छ । 

जाकर्ताको बुङकार्नोको रङ्गशालामा भएको प्रतिस्पर्धामा कृष्णले दुई किलोमिटर दुरी बाँकी हुँदा दौड त्यागेका थिए । ४० किलोमिटर दुई घण्टा १३ मिनेट २३ सेकेण्डमा पूरा गर्दा उनी १२ औँ स्थानमा थिए । 

यता गोपिचन्द्रले ३० किलोमिटरपछि दौड त्यागेका थिए । उनी त्यति बेलासम्म १९ औँ स्थानमा थिए । 

प्रकाशित मिति: २०७५,भाद्र,९,शनिवार १३:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी फेरि नेपाल आउने भएका छन् । अखिल नेपाल फुटबल संघ

काठमाडौं । गैँडाकोट नगरपालिकाले हेटौँडा उपमहानगरपालिकालाई पराजित गर्दै उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

काडमाडौं । मेयर कप भेट्रान फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा झापा भेट्रान फुटबल क्लब र बुटवल नगरपालिकाले सुखद नतिजा

काठमाडौं । भक्तपुर नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनाेट प्रतियोगितामा जित हात पारेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार

ताजा समाचार