‘एशियाड’का लागि स्केटबोर्ड खेलाडी नेरिश इन्डोनेशिया प्रस्थान

काठमाडौं । इन्डोनेशियामा जारी १८ औँ एशियाली खेलकुद ‘एशियाड’ मा सहभागी हुने फ्रिस्टाइल स्केटबोर्डका खेलाडी नेरिश थापालाई बिदाई गरेका छन् । 

खेलाडी नेरिश थापालार्इ शनिवार एक कार्यक्रमका बीच गृह मन्त्री  राम बहादुर थापा ‘बादल’ले  बिदाई गरेका थिए ।  

ललितपुरस्थित मन्त्री निवासमा आयोजना गरेको बिदाई कार्यक्रममा बोल्दै मन्त्री थापाले नेपालको लागि नयाँ खेल मानिएको स्केटबोर्डले  पदक ल्याई देशको नाम विश्व सामु चिनाउनका लागि खेलाडी नेरिशलाई हौसला तथा शुभकामना व्यक्त गरे ।

बिदाई कार्यक्रममा संघका अध्यक्ष अच्युत खनालले खेलाडी थापाले एशियाली खेलकुदबाट  अप्रत्याशित नतिजा ल्याउने बिश्वास
रहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?