निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो

लोकपथ
156
Shares

काठमाडौं । नेपाल बैंक लिमिटेड निक्षेप संकलन तथा कर्जा विस्तार वृद्धिमा सबैभन्दा अगाडि देखिएको छ । गत जेष्ठ महिनासम्ममा नेपालका २७ वटा वाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा छ भने कर्जा विस्तार वृद्धिको आधारमा पनि नेपाल बैंक पहिलो स्थानमा रहेको छ ।

गत जेष्ठ महिनासम्ममा नेपाल बैंकको निक्षेप २५ दशमलव ८५ प्रतिशतले वृद्धि भएको देखिन्छ भने कर्जा विस्तार ३२ दशमलव पाँच प्रतिशतले वृद्धि भएको देखिन्छ ।

२७ वाणिज्य बैंकहरुमध्ये २१ वटा वाणिज्य बैंकहरुको निक्षेप वृद्धि भएको छ भने छ वटा वाणिज्य बैंकहरुको निक्षेपमा गिरावट भएको देखिन्छ । वाणिज्य बैंकहरुको औसत निक्षेप वृद्धिदर सात दशमलव ३७ प्रतिशत रहेको छ ।

त्यसैगरी २७ वटै वाणिज्य बैंकहरुको कर्जा विस्तारमा वृद्धि भएको छ । औषतमा वाणिज्य बैंकहरुको कर्जा विस्तारमा १७ दशमलव ४९ प्रतिशतको वृद्धि भएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?