सरकारविरुद्ध नेविसंघको प्रदर्शन, प्रधानमन्त्री ओलीको पुत्ला दहन

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै राजधानीको प्रदर्शनीमार्ग क्षेत्रमा प्रदर्शन गरेको छ । 

नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन्  । सो क्रममा शुक्रबार कञ्चनपुरका स्थानीयले गरेको प्रदर्शनमा गोली चलाएर प्रहरीले एक जनाको हत्या गरेको भन्दै आक्रोश व्यक्त गरिएको थियो । 

नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले न्याय माग्ने जनतामाथि केपी ओली सरकारले गोली हान्ने आदेश दिनु निन्दनीय भएको बताए ।

सो क्रममा नेविसंघका कार्यकर्ताले ओलीको पुत्लासमेत दहन गरेका थिए ।

प्रदर्शनमा विद्यार्थी नेता बलदेव तिमल्सिना, निरन्जन थापा,जानुका पन्थ लगायतको समेत उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?