कांग्रेसको केन्द्रीय समिति बैठक शुरु

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ ।

बिहान ११ बजे बोलाइएको बैठक दिउँसो ४ बजेपछिमात्रै सुरु भएको हो । 

महासमिति बैठकको विधि, प्रक्रियालगायतका विषयमा सहमति जुटाउन समय लागेकाले बैठक ढिला गरी सुरु भएको बताइएको छ । 

आजको बैठकले महासमिति बैठकको मिति तय गर्ने सम्भवना रहेको एक नेताले बताए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?