पिपुल्स पावरको आईपीओ खुला

लोकपथ
260
Shares

काठमाडौं । पिपुल्स पावर लिमिटेडले बुधबारदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आफ्नो जारी पुँजी ६३ करोड २६ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख ३२ हजार ६०० कित्ता सेयर निष्काशन गरेको छ ।

इलाम जिल्ला इलाम नगरपालिका–१ र ४ अति प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि एक लाख ८९ हजार ७८० कित्ता र वडा नं। १ र ४ बाहेकको इलाम जिल्लाका बासिन्दाहरूका लागि ४ लाख ४२ हजार ८२० कित्ता सेयर बाँडफाँट गरिनेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा आवेदकले २२ असारसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ५ साउनसम्म आवेदन दिने समय थप गरिने छ ।

आईपीओमा लगानीकर्ताले नेपाल बंगलादेश बैंकको फिक्कल शाखा, प्रभु बैंकको सन्दुकपुर, इलाम शाखा, ग्लोबल आईएमई बैंकको फिक्कल र इलाम शाखा, प्राइम कमर्शियल बैंकको राँके, मंगलबारे, वितौल साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई २७ जेठमा सेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो । बोर्डले कम्पनीलाई आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि ३१ करोड बराबरको ३१ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति प्रदान गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?