३० आश्विन २०७८, शनिवार

तेइस सय मेगावाट क्षमताका सय बढी आयोजना निर्माणमा

२०७५,भाद्र,९,शनिवार १०:५४


काठमाडौं । दुई हजार ३५६ मेगावाट क्षमताका करीब १०७ वटा आयोजना निर्माणको चरणमा रहेको पाइएको छ । 

नेपाल विद्युत् प्राधिकरणकाअनुसार ती आयोजना निर्माणका विभिन्न चरणमा रहेका छन् । वित्तीय व्यवस्थापन गरी निर्माणमा रहेका ती आयोजनामध्ये अधिकांश आगामी वर्ष निर्माण सम्पन्न गर्ने जानकारीसमेत प्राधिकरणलाई गराएका छन् । 

प्राधिकरणले ३३ औँ वार्षिकोत्सवको अवसरमा प्रकाशित गरेको विवरणअनुसार राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेका माथिल्लो तामाकोशी जलविद्युत् आयोजना यसै वर्ष सम्पन्न हुने चरणमा छ । सो आयोजना आगामी पुस मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि केही समय पर सर्ने देखिएको छ । 

यस्तै चिलिमे जलविद्युत् कम्पनीका सहायक कम्पनीले निर्माण गरिरहेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाले केही दिन पहिले सुरुङ निर्माणको काम सम्पन्न गरेको छ । विद्युत् गृहलगायत निर्माणको काम जारी रहेको छ । यस्तै १४ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन, ४२ दशमलव ५ मेगावाट क्षमताको साञ्जेन पनि निर्माण सम्पन्न हुने चरणमा रहेको जनाएको छ । 

सरकारी स्वामित्व र निजी लगानीका अधिकांश आयोजना आगामी आर्थिक वर्ष्भित्र निर्माण सम्पन्न हुने गरी काम भइरहेको प्राधिकरणलाई जानकारी गराएको उक्त विवरणमा उल्लेख छ । यस्तै १४ मेगावाट क्षमताको कुलेखानी तेस्रो, ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ए यसै वर्ष सम्पन्न हुने आयोजनाका रुपमा रहेका छन् । प्राधिकरणका अनुसार आगामी आवको अन्त्यसम्म नेपालको कूल जडित क्षमता दुई हजार २७४ मेगावाट बराबर पुग्नेछ । 

प्राधिकरणले नै प्रक्षेपण गरेको तथ्याङ्कका आधारमा वार्षिक १० प्रतिशत मात्रै विद्युत्को माग बढेको खण्डमा पनि एक हजार ७५० मेगावाटको हाराहारीमा मात्रै विद्युत् माग पुगनेछ । तर नेपालका अधिकांश आयोजना नदी प्रवाही भएका कारण वर्षामा बढी विद्युत् उत्पादन हुने र हिउँदमा कममात्रै विद्युत् उत्पादन हुने भएकाले हिउँदमा भने विद्युत् व्यवस्थापन गर्न अझै केही समस्या पर्ने देखिन्छ । 

सरकारले आगामी तीन वर्षभित्र तीन हजार मेगावाट र आगामी पाँच वर्षभित्र पाँच हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । निर्माणमा रहेका र सम्पन्न हुने चरणमा रहेका आयोजनाको हिसाबमा हेर्दा सरकारको लक्ष्य सहजै पूरा हुने देखिन्छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले निर्माणाधीन आयोजनालाई समयमै सक्न मन्त्रालयले आवश्यक सहजीकरण गरिरहेको र कुनै पनि समस्या हुने नदिने प्रतिबद्धता जनाएका छन् । 

यस्तै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नियमितरुपमा आयोजनाको अनुगमन तथा अनावश्यक सहजीकरण गरिरहेका छन् । “हामीलाई उपलब्ध गराइएको विवरणअनुसार नै काम भएको खण्डमा सरकारको लक्ष्य सहजै पूरा गर्न सकिन्छ” कार्यकारी निर्देशक घिसिङले भने । 

सोही अवधिमा वार्षिक १० प्रतिशतका आधारमा विद्युत् माग एक हजार ७५० मेगावाट पुग्ने प्रक्षेपण छ । देशमा विद्युत् माग बर्खामा कम र हिउँदमा बढी हुने गरेको छ भने उत्पादन ठीक उल्टो छ । निर्माणाधीन र अब निर्माणमा जाने आयोजनाबाट अबको पाँच वर्षमा कूल जडित क्षमता करीब चार हजार ५०० मेगावाट पुग्ने अनुमान छ । 

यस्तै, माग वार्षिक १० प्रतिशतका दरले दुई हजार ५६० मेगावाट पुग्ने देखिन्छ । सरकारले आगामी पाँच वर्षभित्र देशका सबै क्षेत्रमा विद्युत्को पहुँच पु¥याउने वाचा गरेको छ । यसका लागि बायोग्यास, सोलार, हावालगायत स्रोतको पनि उपयोगलाई प्राथमिकता दिइएको छ । यसका साथै फोहरबाट समेत विद्युत् उत्पादन शुरु भएको छ । 

वित्तीय व्यवस्थापनको पर्खाईमा ७४ आयोजना 

प्राधिकरणका अनुसार वित्तीय व्यवस्थापनको पर्खाईमा ७४ आयोजना रहेका छन् । ती आयोजनाको क्षमता एक हजार ६५८ मेगावाट रहेको छ । ती आयोजना पनि समयमै वित्तीय व्यवस्थापन गरेर निर्माणमा जाने पर्खाईमा छन् । 

प्राधिकरणले दुई साना जलविद्युत् आयोजनाको विद्युत् खरीद सम्झौता रद्द गरेको छ । त्यसमा नारायणी शङ्कर बायोमास र तामे खोलाको सम्झौता रद्द गरेको हो । यस्तै बीमामा बदमासी भएको पाइएकाले ३० मेगावाट क्षमताका १० आयोजनालाई सचेत गराएको छ ।
 

प्रकाशित मिति: २०७५,भाद्र,९,शनिवार १०:५४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं ।  पछिल्लो समय रेमिट्यान्स (विप्रेषण)मा आएको गिरावटसँगै नेपाल राष्ट्र बैंकले विषेश चासो राखेको छ । पछिल्लो समय रेमिट्यान्स आप्रवाहको

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ नोट संरक्षणका लागि विभिन्न पहलहरू गर्दै आएको छ । राष्ट्र बैंकले नोट संरक्ष्णका लागि

काठमाडौं। दोलखाका लामीडाँडाका प्रेमप्रसाद खतिवडा विगत ६-७ वर्षयता काठमाडौंको न्यूरोड आसपासमा भारी बोक्ने काम गर्छन् । उनले विगतका वर्षहरूमा प्रशस्तै

काठमाडौं । नेपालीहरूको महान् चाड दशैँले प्रत्येक नेपालीको घर–आँगन टेकिसकेको छ । दशैँ भन्नेबित्तिकै वर्षदिनमा आउने हिन्दु धर्मावलम्बीहरूको महान पर्व

ताजा समाचार

बसको ठक्करबाट मोटरसाइकल चालककको मृत्यु
 २०७८,आश्विन,३०,शनिवार १५:३८
लागूऔषधको बढ्दो प्रयोगले अपराध बढ्दै
 २०७८,आश्विन,३०,शनिवार १५:३४
काठमाडौंमा चहलपहल बढ्यो
 २०७८,आश्विन,३०,शनिवार १५:३०
धनगढी-स्याउले सडक खण्डमा कालोपत्र सुरु
 २०७८,आश्विन,३०,शनिवार १४:५३
सर्पको डसाइबाट एक युवकको मृत्यु
 २०७८,आश्विन,३०,शनिवार १४:३७