चितुवाको छाला सहित चार पक्राउ

काठमाडौं । काठमाडौंको कोटेश्वर जडिबुटीबाट ६ फिट ४ इन्च लामो चितुवाको छालासहित प्रहरीले चार जनालाई पक्राउ गरेको छन् ।

पक्राउ पर्नेमा रामेछाप दोरम्वा–६ बस्ने वर्ष २५ को सुनिल लामा, वर्ष २५ को पर्वत थापामगर, वर्ष २३ को विशेष तामाङ र सिन्धुपाल्चोक पाँचपोखरी बस्ने वर्ष २१ को सरन गिरी रहेका छन् । 
 
महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष टोलीद्वारा काठमाडौं जिल्ला अन्तर्गत सम्वेदनशिल स्थानहरुमा निगरानी तथा अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरुको खोज तलास गर्ने क्रममा कोटेश्वर ईलाकामा चेकजाँच गर्दा चितुवाको छालासहित नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेका उनिहरुको महागरीय प्रहरी परिसर काठमाडौंबाट अनुसन्धान भइरहेको र अनुसन्धान पछि थप कारबाहीको लागि जिल्ला वन कार्यालय हात्तिसार पठाइने प्रहरीले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?